logo

बलात्कार आरोपी गिरफतार नभएकोमा पीडितको गुनासो

      11/4/2017 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

कातिक १८ बीरगंज ।
सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ देउरवाना निवासी एक २४ वर्षिया महिलालाई बलात्कार गर्ने आरोपीहरुलाई गिरफ्तार नगरिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन ।
 कार्तिक १५ गते राती ति महिलालाई सोही ठाउ निवासी  २६ वर्षिय मुख्तार अन्सारी,३२ वर्षिय अन्सारी बाबुले मुख्तार अन्सारीकै अर्को घरमा लगेर बलात्कार गरेका थिए । बलात्कार पछि महिलालाई मुख बाँधेर उखु बारीमा लगेर राखेका थिए । अन्सारीद्वयलाई उनका साथीहरु सोही ठाउका ३२ वर्षिय रोस्तम अली ३२ वर्षिय हरिशंकर दास तात्वा र ३४ वर्षिय ओलेआलमले मतियार भई सहयोग पु¥याएको पीडितका आफन्तजनले बताएका छन । पीडितले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा घटनाको बिषयमा जाहेरी दिएको भएपनि कुनै सुनवाई नभएको उनीहरुको भनाई छ । बलात्कार शिकार भएकी महिला अत्यधिक रक्तस्राव भएका कारण बीरगंजको नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचरार्थ भर्ना गरिएकी छिन । बलात्कार आरोप लागेका मुख्तार अन्सारी भने वडा नं ४ का वडाध्यक्ष जुम्मादिन अन्सारीका छोरा हुन । जुम्मादिन अन्सारीको पहलमा शनीवार गाउँमा पंचायती समेत भएको थियो । स्थानीय कतिथ भद्रभलाद्मीहरुले यो घटनालाई गाउँमै साम्य पार्ने प्रयास गरेका थिए । त्यो प्रयास भने असफल भएको स्थानीयले बताएका छन । 
    यता पर्सा प्रहरीले पीडितसंग किटानी जाहेरी मागेको छ । तर दुई जनाको मात्र जाहेरीमा नाम लेख्न प्रहरीले भनेको पीडितका आफन्तजनले बताएका छन । बलात्कार जस्तो जघन्य अपराधिक कार्यमा मतियारको रुपमा संलग्न भएकाहरुको नाम जाहेरीमा नलेख्न प्रहरीले नै पीडितका आफन्तजनलाई भनेकोमा उनीहरुको गुनासो रहेको छ । पर्सा प्रहरीले भने त्यस सम्बन्धमा उजुरी नपरेको बताएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.