logo

होटेलको कोठामा एक युवा मृत अवस्थामा भेटिए

      11/8/2017 गते 00 00 मा प्रकाशित     1122   पटक पढिएको

बीरगंज २२ कार्तिक ।
    वीरगंज लिंक रोडस्थित अमन होटेलमा बुधवार साँझ एक युवाको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।
    बीरगंज  महानगर वडा नं ८ गहवाका २२ वर्षिय युवा रोशन श्रीवास्तवको मृत्यु भएको हो । श्रीवास्तवले  बुधवार बिहान  ५ बजे होटेलको कोठा बुक गरेको संचालक तवरेज आलमले बताउनु भयो । होटेल बुक गर्दा रोशन संगै अर्का युवा अजय श्रीवासतव पनि आएको संचालक आलमले बतानउु भयो । 
    बिहान १० बजे होटेलबाट बाहिर निस्केका रोशन दिउँसो १ बजे पुनः कोठामा आएको होटल सञ्चालक तवरेज आलमले बताउनु भयो । कोठामा धाराको पानी निरन्तर बगेको अवाज सुनेपछि होटलका कामदारहरूले ढोका ढकढकाएका थिए । तर ढोका खुलेन । पछि बसपार्क प्रहरीलाई बोलाई घटनाबारे जानकारी गराइएको थियो । साढे ४ बजे ढोका तोडेर हेर्दा बेहोश र नग्न अवस्थामा श्रीवास्तव थिए । उनलाई नजीकैका भवानी अस्पताल पु¥याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनु भयो ।
    प्रहरीलेउनका साथी साथी अजय श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।    प्रहरीले उनको कोठाको बाथरूमबाट धूलोजन्य पदार्थ बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.