logo

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

      1/15/2018 गते 00 00 मा प्रकाशित     1859   पटक पढिएको


माघ १ बीरगंज । सोमबार वीरगञ्जमा  थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।
 

माघी मूल समारोह समिति पर्साको आयोजनामा भएको कार्यक्रममा थारुहरुको साँस्कृतिक पर्व विाह गीत,घाटो ,समाचकेवा सहित अन्य सास्कृतिक प्रर्दशनी गरिएको थियो । महोत्सव स्थलमा थारु खाना माछा,हाँस कुखुरा माछाको सुकुटी चेचर गगटा परिकारहरुको स्टलसमेत राखिएको थियो ।
 

माघी महोत्सवको अवसर पारेर महोत्सव स्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन । महोत्सवमा पर्सा जिल्लाको स्थानीय तह  प्रादेशीक र केन्द्रीय संसदमा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।


महोत्सवका प्रमुख अतिथि शिक्षा प्रेमी ब्रहमा महतो थारुले र भारत बिहारको पश्चिमी चम्पारण जिल्लाका थारु अगुवा शैलेन्द्र गढवालले उनीहरुलाई सम्मान पत्र दिइ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रदेश सभा ४ को १ का प्रदेशसभा सदस्य शंकर चौधरी पटेर्वा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरी उपप्रमुख ममता महतो थारु, पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी,सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुख फूलमती देवी थारु जिरा भवानी गाउँपालिका अध्यक्ष रामप्रित चौधरी उपाध्यक्ष उषा चौधरी लगायत सबै निर्वाचित थारु जनप्रतिनिधिहरु सम्मानीत भएका हुन ।

त्यसै गरि सामाजिक क्षेत्रमा योगदान पु¥याएका सामाजिक अभियान्ता प्रकाश थारु लगायत थारु समाजका अन्य अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपालको एकिकरणमा योगदान पु¥याएको थारुसमुदाय अन्य कुनै समुदाय भन्दा बढी राष्ट्रवादी भएको वक्ताहरुले बताए । नेपाल निर्माण र नेपाली भूमीको रक्षामा योगदान पु¥याएको थारु समुदायलाई राजनीतिको मुल प्रवाहमा जोडनु पर्नेमा वक्ताहरुले जोड दिए । थारु अगुवाहरुले आदिवासी जनजाति थारु समुदायको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताएका छन् ।
 

त्यसका लागि राज्यलाई अझै दबाव दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । महोत्सवमा आयोजना गरिएको रक्तदानमा एक सय एक जनाले रक्तदान गरे ।

महोत्सवमा ब्रहमा महतो दास थारु प्रदेश सभा सदस्य शंकर चौधरी भारतीय थारु अगुवा शैलेन्द्र  गढवाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,पूर्व अध्यक्ष के.सी.लामिछाने,आदीवासी जनजाती पत्रकार महासंघका सचिव निरज पिठाकोटे, पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी उपाध्यक्ष ममता महतो थारु,पर्सागढी नगरपालिकाको उपप्रमुख अर्चना चौधरी वडा नं २ का सदस्य बेदमन दास थारु मुल समारोह समितिका मनोज चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

मुल समारोह समितिका अध्यक्ष परमानन्द चौधरीको अध्यक्षतामा भएको महोत्सवको संचालन बिजया औझैया र पूनम चौधरीले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.