logo

वीरगञ्जको पानी संकटबारे  प्रदेशसभामा सांसद पटेलको आवाज  समस्याको  समाधानकालागि गरे अग्रह

 इसीमाना सम्वाददाता     २०८२ असार २६ गते ०४: ५३ मा प्रकाशित     594   पटक पढिएको

जनकपुरधाम । वीरगञ्जमा लामो समयदेखि जारी रहेको खानेपानी संकट अब एक स्थानीय समस्या मात्र रहेन, यो प्रदेशस्तरीय चिन्ताको विषय बनेको छ।

 

 मधेश प्रदेश सभा सदस्य श्याम पटेलले प्रदेश सरकारको ध्यान यतै केन्द्रित गराएका छन्। मातृभाषा भोजपुरीfमा बोल्दै उनले वीरगञ्ज महानगरका धेरै वडाहरूमा विकराल रूपमा देखिएको पानीको अभाव र जनजीवनमा परेको प्रत्यक्ष असरको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

सांसद पटेलको अभिव्यक्तिले यो समस्याको दीर्घकालीन असर र राज्यको बेवास्तालाई उजागर गर्छ। वीरगञ्ज जस्तो प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रमा पानीको अभाव हुनु केवल व्यवस्थापकीय कमजोरी होइन, यो नागरिक अधिकारको उपेक्षा हो। सांसद पटेलले यसै कारण यो समस्यालाई मौलिक अधिकारको सन्दर्भमा उठाएका छन्।

 

उनले  तत्काल राहत र दीर्घकालीन समाधानको दिशामा अगाडि बढनुको बिकल्प नभएको बताएका छन। आजको दिनमा डिप बोरिङ जडान, ट्यांकरबाट आपूर्ति वा अस्थायी व्यवस्थाले काम चलाउन सकिएला, तर मूल समस्या भने पानीका स्रोत, पाइपलाइन संरचना, नगरजनसंख्याको अनुपातमा वितरण प्रणाली र अनुगमन प्रणालीको कमजोरीमा लुकेको छ।

 

विगत ३ वर्षदेखि गर्मी याममा पानीको चरम संकट देखा पर्दै आएको तथ्यले आफैंमा समस्याको गहिराइलाई देखाउँछ। यस्तो बेला सांसद पटेलले  प्रदेश सभामा उठाएको आवाजलाई   प्रदेश सरकारले समयमै सम्बोधन गरेन भने जनविश्वासमा गहिरो क्षति पुग्ने निश्चित छ।

 

सांसद पटेलले यस विषयमा सरकारको जवाफ माग गर्दै समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिएका छन्। वीरगन्जमा खानेपानीको समस्या विगत लामो समयदेखि रहँदै आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.