logo

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

 इसीमाना सम्वाददाता     २०८२ असार २७ गते ०६: २० मा प्रकाशित     1301   पटक पढिएको

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ । 

 


 गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संजालमा पोष्ट गरिएका निराधार आरोपहरूको खण्डन गर्नुका साथै प्रमाणविना चरित्रहत्या गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।


अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गरिएका आरोपहरूको कुनै प्रमाण पेस नगरिएको बताएका छन्।

 

उनले आधारहीन, तथ्यहीन र प्रमाणबिहीन रूपमा नियोजित पोष्ट राखेर सर्वसाधारणमा भ्रम फैलाउने मिडिया तथा फेसबुक पेजका सञ्चालकहरूलाई यदि उनीहरूले पोष्ट गरेका आरोपको कुनै प्रमाण वा आधार भएमा प्रमाणसहित गाउँपालिकामा जानकारी गराउन अनुरोध गरेका छन्। उनले प्रमाण पुगेमा कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

 

साथै, प्रमाणविना व्यक्तिगत चरित्रहत्या गर्ने मिडिया तथा सामाजिक सञ्जाल सञ्चालकहरूमाथि यथाशीघ्र नेपाल सरकारको विद्युतीय अपराधअन्तर्गत कानुनी बाटो अपनाइने जानकारी गराइएको छ।

 

अध्यक्ष श्रेष्ठले यस्ता भ्रामक समाचारका कारण आफ्नो मनोबल नगिराई दृढ रूपमा आफ्नो कार्यमा दत्तचित्त भई अघि बढ्न सबै कर्मचारीहरूलाई निर्देशन दिएका छन्। गाउँपालिकाले छिट्टै प्रक्रिया अघि बढाएर कानुनी बाटोमा जानेसमेत जानकारी गराउँदै तथ्यहीन समाचारका पछि नलाग्न सबैमा अपील गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.