logo

स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुर रिहा ,पत्रकार र ठाकुरबीच सहमति

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०४: १३ मा प्रकाशित     936   पटक पढिएको

वीरगन्ज । पत्रकारसँगको दुर्व्यवहार प्रकरणमा पक्राउ परेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर आज जिल्ला प्रहरी कार्यालय पर्साबाट रिहा भएका छन्।

 

पत्रकार र ठाकुरबीच आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने सहमति भएपछि यो विवाद टुंगिएको हो।

 

घटना आइतबार वीरगन्जको क्लासिक ब्यान्क्वेटमा भएको थियो। रिपोर्टिङका लागि पुगेका पत्रकारहरू सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेललाई स्वास्थ्य अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप लागेको थियो।

 

यो घटनाले पत्रकार समुदायमा आक्रोश बढेको थियो। पत्रकारहरूले आइतबार नै ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको उजुरी दर्ता गरेका थिए। उजुरीपछि प्रहरीले ठाकुरलाई छलफलका लागि बोलायो। सुरुको छलफल निष्कर्षविहीन भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

 

प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि ठाकुरलाई नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पुनः जिल्ला प्रहरी कार्यालयमा राखियो। मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको छ।

 

सहमतिअनुसार, ठाकुरले पत्रकारहरूको फुटेको मोबाइल मर्मत गरिदिने र हराएको मोबाइल नयाँ किनिदिने भएका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गरेका छन्। पत्रकारहरूले उनको माफी स्वीकार गर्दै आपसी समझदारीमा मिलापत्र गरी विवाद अन्त्य गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.