logo

प्रदेश सांसदको बिकास बजेटमा ठेकेदारको रजाई ,आरसीसी ढलान चिरा पर्न थाल्यो

      7/21/2020 गते 00 00 मा प्रकाशित     1080   पटक पढिएको

पर्साको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) का निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको क्षेत्र बिकास योजना अन्र्तगतको भएका निर्माण कार्य प्रति जनस्तरबाट गुनासो आउन थालेको छ ।

 

 साँसद चौधरीलाई समेत बदनाम गराउने गरि उपभोक्ता समिति र ठेकेदारको मिलीभगतमा काम भएकोले काम पनि गुणात्मक भएको छैन । जिराभवानी गाउँपालिका वडा नं २ मा गरिएको आरसीसी ढलान निर्माण भएको एक साता नपुग्दै चिरा परेको छ । 

असार महिनाको अन्तिम सातामा गरिएका सो ढलान निर्माणको काममा समेत अनियमितता गरिएको छ । उपभोक्ता समितिले जनसहभागितामा  ढलान गर्नु पर्नेमा त्यसको गरेको पाइएको छैन ।

 

कागजमा लागत जनसहभागिता देखाएपनि काम भने ठेकेदार मार्फत गराइएको छ । ठेकेदार श्यामबाबू पटेलले सो योजना साउन १ गते सम्पन्न गरेका हुन।

 

कमसल निर्माण सामग्री प्रयोग गर्ने नियतले ठेकेदार पटेलले राती राती काम गरेको स्थानीय यूवा प्रशान्त यादवले बताउनु भयो । सो योजनामा छ इन्च मोटाइ ढलान गर्ने इस्टिमेट भएपनि ठेकेदारले देखिने ठाउँमा ६ इन्च तथा अन्य स्थानमा साढे दुई इन्च मात्रै ढलान गरेको  र त्यस्तो कामको भिडियो आफूसंग रहेको  यादवले बताउनु भयो ।

 

अनियमिता काम भएको बिषयमा उजुरी दिने तयारी गरे पनि काहा दिने भन्ने कुरा यकिन नभएकोले  सम्बन्धित निकायको खोजी समेत गरिरहेको यादवले बताउनु भयो ।


सांसद चौधरीको करिब करिब साढे दुई करोडको योजनाका लागि ठेकेदार पटेलले उपभोक्ता समिति तथा पूर्वाधार कार्यालयका प्राविधिकलाई खरिद गरी योजनाहरुको काम गरेको स्थानीयले आरोप लगाएका छन। सो योजनाहरुमा नाला निर्माण, आर सि सि ढलान, बाउन्ड्री वाल लगायतका कार्यहरू रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.