logo

सुदुरपश्चिमको धार्मिक आस्थाको केन्द्र जगदम्वा भगवती मन्दीरको बिकासकालागि कार्कीद्वारा एक लाख सहयोग प्रदान

      10/21/2020 गते 00 00 मा प्रकाशित     961   पटक पढिएको

 

जगदम्वा भगवती बिकास समाजलाई अस्मिता कार्कीले १ लाख १ हजार ११ रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।  दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ मा रहेको मन्दीरको पूर्वाधार बिकासमा बीरगंज महानगरपालिका हाल वडा नं ८ पानीटंयाकी निवासी कार्कीले आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।

 

भगवतीको मन्दीरमा श्रद्धा पूर्वक पूजा आराधना गरेमा मनले चिताएको पुरा हुने जनबिश्वास रहेको छ । दशैको बेलामा मन्दीरमा श्रद्धालु भक्तजनहरुको निकै घुइचो लाग्ने  गर्दछ ।

 

तर यस वर्ष कोरोना संकटका कारण भिड नहुने भएकोले सामान्य पूजा अर्चना गर्ने र मन्दीरको मरम्त सम्भारको काम हुने माट्रिका आइ फाउण्डेशनका संयोजक मधेश सिंह धामीले जानकारी दिनु भयो ।

 

बीरगंजमा आखाँको अस्पताल संचालन गरेर सैयौ ब्यक्तिको निशुल्क आखाँको अप्ेशन गरेर मानवीय सेवामा महत्वपूर्ण योगदान गरिरहेको फाण्उडेशनका संयोजक धामीको गृहगाउको मन्दीरमा उहाँको धर्मपत्नी अस्मिता कार्कीले सहयोग प्रदान गर्नु भएको हो । त्यसैगरि चन्द्रसिंह धामीले पनि ५१ हजार रुपैया सहयोग राशी उपलब्ध गराउनु भएको छ । 


मन्दीरमा मंसिर महिनामा भब्य जात्रा लाग्ने गर्दछ । सुदुर पश्चिमको प्रमुख गौरा पर्व पनि यही मन्दीरमा धुमधामका साथ मनाउने परम्परा रही आएको महेश सिंह धामीले जानकारी दिनु भयो ।

 

गएको वर्ष डा. केशव सिंह धामीले १ लाख भन्दा बढीको मन्दीरलाई आवश्यक पर्ने भाडा वर्तनहरुको ब्यवस्था गर्नु भएको थियो । वडा नं २ मा बिजय दशमीको घटस्थापनाको दिनमा राखिने जमरा घरमा नराखी मन्दीरमा राख्ने चलन छ । गाउँ भरिका मान्छेले मन्दीरमा जमरा राख्ने चलन छ । यस्तो सामाजिक परम्पराका कारण चाडवाडको रौनक नै फरक हुने र रमाइलो हुने सिंहले बताउनु भयो ।


बिभिन्न पेशा ब्यवसायमा आफनो जन्म ठाउभन्दा टाढा भएपनि आफनो गच्छे  अनुसारको आफनो आस्थाको केन्द्रको बिकासमा सहयोग पुर्याउन आफनो दायित्व भएकोले सहयोग उपलब्ध गराएको सिंहले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.