logo

‘पुलिस अफ द मन्थ’ अभियानले प्रहरीमा खुसी, पर्सामा मंसिरको ‘पुलिस अफ द मन्थ’मा इन्सपेक्टर पुरी

      1/2/2021 गते 00 00 मा प्रकाशित     619   पटक पढिएको

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी ‘प्रहरी अफ द मन्थ’ बाट सम्मानीत् हुनु भएको छ । 
वीरगन्ज महानगरपालिकाको विर्ता वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पुरीलाई उत्कृष्ट कार्य गरेको भन्दै पर्साका एसपी गंगा पन्तले सम्मानीत गर्नु भएको हो  ।  

मंसिर महिनामा अन्य अधिकारी भन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्लाको प्रहरी मुख्यालयबाट पुरीलाई सम्मानित गरिएको प्रहरीले जनाएको छ । 


पर्सा प्रहरीले दिएको सम्मान पत्रमा भनिएको छ– भारतसंग खुल्ला सीमाना जोडिएका कारण जिल्लामा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण, अवैध हतियार पक्राउ, लागुऔषध पक्राउ, चाँदी पक्राउ, विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ, चोरी निकासीमा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण जस्ता कार्यहरुमा उत्कृष्ट कार्य गरेकोमा यहाँलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिन्छ । 


 कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न , राजश्व  संकलन बृद्धि गर्न  महत्वपूर्ण भूमिका निर्वाह गरेको पुरीलाई सम्मनीत गरिएको  प्रहरी उपरिक्षक पन्त बताउनु भयो  ।

 


सम्मानित गर्दै प्रहरी उपरिक्षक पन्तले यो सम्मान व्यवसायिक तथा इमान्दार प्रहरीका लागि भएको उल्लेख गर्नु भयो । प्रहरीभित्र व्यवसायिकताको धर्म निर्वाह गर्ने जोसुकैलाई पनि यसैगरी प्रत्येक महिना सम्मान  दिने भएको हुँदा सबैले यो सम्मान लिनको लागि त्यहीअनुसार काम गर्न उहाँले अपिल गर्नु भयो  । 


यो अभियानबाट प्रहरीमा खुसी आएको बताइन्छ । कामको मूल्यांकन हुने भएको हुँदा सम्मानले प्रहरीलाई अझ  बढी काम गर्न जिम्मेवार बनाएको सम्मानीत प्रहरी निरीक्षक पुरीको भनाइ छ । 


पर्सामा करिब ११ सयको हाराहारीमा प्रहरी दरबन्दी छ । तर उत्कृष्ट काम गर्ने एकजनालाई प्रत्येक महिना सम्मानित गर्ने गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.