logo

सशस्त्र प्रहरीको १५५ सहित २७२ जनाद्वारा रक्तदान 

      1/16/2021 गते 00 00 मा प्रकाशित     635   पटक पढिएको

वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङ, माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै वर्णवाल सेवा समिति र वर्णवाल युवक संघले घण्टाघरमा आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य रागिनी वर्णवालले उदघाटन गर्नुभएको थियो । समाजका अध्यक्ष रविन्द्र कुमार वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै उपेन्द्र सर्राफको अध्यक्षतामा माईस्थानमा भएको रक्तदानको प्रमुख अतिथि भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफ रहनुभएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.