logo

दलीतलाई मानव नमान्ने सामन्ती चिन्तनको बिरुद्ध संघर्ष सहभागी हुन दलीत अगुवाको अपिल

      2/3/2021 गते 00 00 मा प्रकाशित     953   पटक पढिएको

पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश  २ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.३, कौवावन कटैया गाउँमा दलित समुदायको भेला  सम्पन्न भएको छ ।

 

भेलाले दलीतलाई मानव नमान्ने सामन्ती चिन्तनको बिरुद्ध संघर्ष आवश्यक रहेको ठहर गरेको दलित अभियान्ता मनोज रामले बताउनु जानकारी दिनु भयो ।

 

उहाँले  दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको समेत बताउनु भयो। पर्सा जिल्लाको सबै गाउँपालिका ,नगरपालिका र उप तथा महानगरपालिकाको सबै वडामा समुह गठन गर्ने उद्धेश्य रहेकोे रामले बताउनु भयो।

दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन  दलित दबाब समुह गठन गरिएको हो। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।


गाउँपालिका र वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको नगरिएकोले सामाजिक आन्दोलन गर्ने तयारी अनुरुप भेलाहरु भइरहेको परमान्द रामले बताउनु भयो ।


दलित समुदायको समस्या ,समाधानकालागि  दलित समुदायको अधिकारको संघर्ष गर्न आवश्यक रहेको भेलाको निष्कर्ष रहेको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।


नेपाल सरकारले दिएको सेवा सुबिधा , आफ्नो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाहरुको बुझाई रहेको छ ।  


पर्सा जिल्लाको सखुवाप्रसौनीको सबै वडाको दलित जनता संग गैस सिलिन्डर वितरणको लागि ७०० , ८०० रुपैया लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण गरिएको नगरिएको भन्दै  दलित समुदायले  आक्रोश ब्यक्त, गरेका छन। 

 

 जयलाल महारा चमारको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरिएको छ। समुहको सह संयोजक गजेन्द्र राम ,  ब्रहमा महरा सदस्यहरु रामदेव मुसहर , सुनरी देवी मुसहर ,सुरस्ती देवी मुसहर ,विनोद मुसहर ,सुनलाली देवि चमैन,टैईट महरा, रामकिशोर महरा चमार , , सुरज महरा, खुबलाल मुसहर ,रामसिस महरा चमार ,लोरिक चमार ,वेदमा देवी ,रुदल महरा,मोहन मुसहर ,विसुन मुसहर लगायतको रहनु भएको छ।


दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलित  फाउन्डेसन नेपालको अशोक राम, पिसफोर थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.