logo

४९ लाख नेपाली सहित दुई भारतीय नागरिक बाराको जोतपुरबाट पक्राउ

      2/7/2021 गते 00 00 मा प्रकाशित     636   पटक पढिएको

स्रोत नखुलेको ४९  लाख नेपाली रुपैया सहित २ जना भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको हरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैया बरामद गरिएको डिएसपी मिश्रले बताउनु भयो ।

 

बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षिय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

बाराको फेटा गाउँपालिका वडा नम्बर ५ जोतपुरमा चेकजाँचको क्रममा उक्त रकम बरामद गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम बताउनु भयो ।पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको गौतमले बताउनु भयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.