logo

पटेर्वाको गादीमा निशुल्क नेत्र परिक्षण, मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने 

      2/9/2021 गते 00 00 मा प्रकाशित     617   पटक पढिएको

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं २ मा मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
गाउँपालिकाको सहयोग माट्रिका आइ फाण्डेशनको प्राविधिक सहयोग र सीमना मिडीया प्रा.लीको ब्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।

 

शिविरमा १ सय १० बिरामीको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य ७० जनामा मोतिबिन्दु देखिएको माट्रिका आइ फाउन्डेशनका प्रमुख महेश सिंह धामीले जानकारी गराउनु भयो  । 


शिविरमा आँखा परिक्षण गराउने बिरामीलाई चश्मा उपलब्ध गराइएको छ । त्यस्तै मोतिबिन्दुको समस्या देखिएकाको निशुल्क शल्यक्रिया गरिने सिंहले बताउनु भयो । परिक्षणमा  पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ का रंगपुर, बिश्रामटोल, सुब्बाटोल , बैजनाथपुर , चाफी ,मकवानीटोल ,धर्मवस्ती बेल्वा छिमेकी वडा रामपुरका नागरिकको सहभागिता रहेको थियो । 


कार्यक्रममा वडाध्यक्ष बिजय गैरेले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मोतिबिन्दुका बिरामीको अप्रेशनकालागि जान आउन पनि निशुल्क हुने जानकारी गराउनु भएको थियो ।

 

चश्मा पनि उपलब्ध गराउने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा क का अध्यक्ष सुलेमान मिया , गाउँकार्यपालिका सदस्य दीपक रसाइली, नैना देवी बिधुत उपभोत्ता समितिका अध्यक्ष दल बहादुर राना,बजार ब्यवस्थापन समितिका अध्यक्ष बालकुमार बस्नेत,  सञ्चारकर्मी के.सी .लामिछाने, फोनीजका प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगर राम कुमार सर्राफ चीरन्जीवी यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.