logo

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा ब्यवस्थापकीय प्रदर्शनी समपन्न

      3/8/2021 गते 00 00 मा प्रकाशित     543   पटक पढिएको

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ । 
वीरगंजको ग्लोबल विजनेश कलेजको आयोजनामा आयोजित वृहत व्यवस्थापन शंकाय विषयवस्तु शैक्षिक प्रदर्शनी समपन्न भएको हो । 
११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा विभिन्न विषय वस्तु समावेश गरी प्रदर्शनी गरिएको थियो । 

 


व्यवस्थापन भन्नाले लिने र दिने मात्र नभई यसभित्र थुप्रै विषयवस्तु भएकाले सहभागि विद्यार्थीहरुले शैक्षिक संस्था व्यवस्थीत, औधोगिक क्षेत्रमा प्रशोधन केन्द्र, कम्पनीमा ट्रायल व्यालेन्स र समाजमा रहेको सांस्कृतिक पर्व छठ, ईदुल फ्रित्र, माघी लगायत विभिन्न बैंकहरुले प्रदान गर्ने कर्जा त्यसका सहुलियतको बारेमा प्रदर्शनीमा देखाइएको थियो । 


प्रदर्शनी अवलोकन गर्न आउनु भएका नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले कमर्स क्याम्पसमा प्रदर्शनी हुनु आफैमा फरक विषय रहेको बताउनु भयो  ।

 

औधोगिक तथा व्यापारीक शहरमा थुप्रै उधोगहरु छन् जहाँ एउटापनी उधोगले वाटर ट्रिटमेन्ट प्लान्ट लगाएका छैनन् तर यहाँका विद्यार्थीहरुले त्यसको आवश्यक्ता बुझेर प्रदर्शनीमा राखेको उहाँले बताउनु भयो । प्रदर्शनीमा ब्यवस्थापन कला सीम र क्षमता देखिएको उहााले बताउनु भयो । कलेजको यस्तो प्रयासको प्रंशसा समेत गनुृ भयो । 


यी र यस्ता थुप्रै विषय वस्तुले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उहाँको विश्वास थियो । 


कार्यक्रममा सहभागि नेकपा प्रचण्ड माधव समुहका नगर अध्यक्ष रहबर अंसारीले व्यवस्थापन  शंकायका विद्यार्थीले जागिर खान जादाँ के कस्ता अफ्ठयाराहरु हुने र त्यसलाई कसरी फेस गर्ने भन्ने विषय वस्तु यहाँ प्रदर्शन गरिएकाले व्यवस्थापन संकायको एक फडको रहेको उहाँको भनाई थियो । 

 


किताबी ज्ञान भन्दा बाहिरको ज्ञान कुनैपनी शैक्षिक संस्थामा अति आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको कलेजका प्रधानाध्यापक श्रीराम दासले बताउनु भयो  । 


बदलिदो परिवेशमा व्यवहारिक शिक्षाले नै विद्यार्थीहरुलाई दक्ष र सिपमुलक बनाई तुरुन्त समाजमा जिवन यापन गर्नको लागी यस्ता कार्यक्रमले सक्षम बनाउने कलेजका संचालक ओम प्रकाश श्रेष्ठले बताउनु भयो  ।

 

यसैगरी अर्का संचालक अशोक सरार्फले अबको शिक्षा किताब भन्दा बाहिर आउनुपर्ने बताउनु भयो  । 
कार्यक्रममा कुमारी बैंका प्रदेश प्रमुख राजेश साह, ओम ईन्टरनेशन कलेजका प्रध्यापक लालबाबु यादव तथा उमेश चौरसिया, प्रध्यापक संतोष कर्ण, पिरामिड एकेडेमीका प्रध्यापक संजय सिंह, युवा समाजसेवी ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, महेश सिंह धामी,  लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.