logo

हत्या आरोपी पक्राउ नपरेकोमा पीडित परिवारको गुनासो

      3/19/2021 गते 00 00 मा प्रकाशित     526   पटक पढिएको

१६ वर्षिया किशोरी रिंकी कुमारीलाई अत्यधिक औषधी सेवन गराई हत्या गरेको आरोप लागेका पोखरिया नगरपालिका वडा नं ९ चौकिया बैरियाका २४ वर्षिय असर्फी यादवलाई गिरफ्तार नगरिएको भन्दै मृतक किशोरीका बुबा ४० वर्षिय बाली मुखिया बीनले गुनासो गर्नु भएको छ । 

माघ ३० गते राती किशोरीको मृत्यु भएको थियो । राती असर्फीले भेटन बोलाको र गएरआएपछि उनको मृत्यु भएको बिनले बताउनु भयो । असर्फीलाई भेटेर आएपछि टाउको दुख्यो भनी बिस्तारै अवस्था बिग्रदै गयो पोखरिया अस्पताल लैजादै गर्दा मृत्यु भएको बीनले बताउनु भयो ।

 

गर्भपतन गराउनकालागि औषधी खुवाएर छोरीको कर्तब्य गरि ज्यान मारेको भन्दै इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा किटानी जाहेरी समेत दिएको बिनले बताउनु भयो । असर्फी १ वर्ष अघि मात्र बैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनीहरुवीच १ वर्षदेखी नै प्रेम सम्बन्ध रहेको स्थानीयको भनाई छ ।

 

जात फरक परेकोले सम्बन्ध स्वीकार गर्न नसकेपछि यादवले औषधी खुवाएको स्थानीयको टिप्पणी रहेको छ । किशोरीको शव बीरगंजको नारायणी अस्पतालमा परिक्षण हुदा गर्भमा पाँच महिनाको बच्चा रहेको पुष्टि भयो । 


स्थानीयले गाउँमै समस्याको हल निकाल्ने कोशीस गरेका थिए । पीडित परिवारलाई केही लाख रकम दिएर मिलाउन खोज्दा सफल भएन ।

 

मिलाउने पंचायतीका बिषयमा प्रहरीले चाल पाएपछि प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको थियो ।  इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षक दीपक थापाका अनुसार मुद्धा दर्ता भई अनुसन्धान भइरहेको छ । प्रतिवादी फरार रहेकोले उनको खोजीकार्य भइरहेको छिटै उनलाई कानूनी दायरामा ल्याइने थापाको भनाई छ ।

 
थापाका अनुसार मृतक किशोरीको भिसेरा र रगत आवश्य परिक्षणकालागि बिधि बिज्ञान प्रयोगशाला काठमाण्डौमा पठाइएको छ । त्यसको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने इन्सपेक्टर थापाले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.