logo

अस्पतालहरुलाई अक्सिजनको आपूर्ती ब्यवस्था मिलाउन प्रशासनको निर्देशन, क्याटले उधोगको अनुगमन गर्ने

      5/18/2021 गते 00 00 मा प्रकाशित     653   पटक पढिएको

 बीरगंजमा सचालीत अस्पतालहरुलाई बिरामीलाई चाहिने अक्सिजनको आपूर्ती ब्यवस्था आफैले मिलाउन स्थानीय प्रशासनले निर्देशन दिने निर्णय गरेको छ ।

 

अस्पतालहरुले बिरामीका आफन्तलाई नै अक्सिजनको ब्यवस्थापन गर्न लागाउने कुरा सार्वजनीक भएपछि यास बिषयमा कोभिड एक्शन टिमले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएपछि प्रशासनले यस्तो निर्देशन दिने भएको हो । 


टिम र पार्सका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका वीचमा मंगलवार सम्पन्न बैठकमा  कोभिड १९ एक्सन टिम (क्याट) ले कोरोना भाइरसको संक्रमणको “चेन”लाई रोक्न आफनो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ । 


टिमले  पर्साले बुधवारदेखि वीरगञ्जमा अक्सिजन उत्पादन हुने अक्सिजन उद्योगहरुको अनुगमन गर्ने भएको छ । कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि क्याटले अनुगमन गर्ने र मागअनुसारको आपूर्तिको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको क्याटका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिनु भयो  ।

 

जिल्ला प्रशासन कार्यालयमा क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारीको अध्यक्षतामा बसेको बैठकले अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर वीगञ्जलाई कोरोना भाइरस संक्रमणमुक्त बनाउने निर्णय गरेको छ ।

 

कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जस्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको स्वामित्वमा रहेको अस्थाई कोभिड अस्पताल लगायतको अनुगमन र नागरिकको गुनासोलाई समेटेर तयार पारिएको सुझाव पत्र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बुझाइएको अहमदले जानकारी दिनु भयो। 

 

नेपाली काङ्ग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका  सञ्जिव मिश्र, माओवादी केन्द्रका बाबुराम कौशिक, क्याट सदस्य एवम् पत्रकार महासङ्ह सदस्य अमित अग्रवाल सहितको सहभागितामा बसेको बैठकले अस्पतालहरुको व्यवस्थापनमा सुधार गर्नुका साथै अक्सिजनको अभावलाई परिपूर्ति गर्नुपर्ने निस्कर्ष निकालेको छ ।


बैठकको क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिड १९ को महामारीमा क्याटले गरेका कार्यहरुको सह्राना गर्दै एकअर्कासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.