logo

बाराको कलैया रंगपुरका दुई नावालक दाजु भाईको हत्या आरोपमा सोही ठाउका अन्सारी पक्राउ

      5/23/2021 गते 00 00 मा प्रकाशित     526   पटक पढिएको

बाराको कलैयमा दुई नावालक दाजु भईको हत्यामा संलगन रहेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

 

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारी जेठ ४ गते भाइको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका थिए । सोही वडामा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको थियो ।

 


मृतकका आमासंगको अन्सारीको  प्रेम हत्याको कारण रहेको प्रहरी जनाएको छ । प्रेम संगै आर्थिक लेनदेनका कारण नावलक दाजुभाई हत्या भएको प्रहरीले जनाएको छ । यस पटकको इदमा बैदेशीक रोजगारीमा गएका बुवा आएपछि बुवालाई सबै कुरा भनिदिन्छौ भनेर मृतक दाजु भाइले भनेकोले पनि उनीहरुको हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

 


अन्सारीले मृतकको आमालाई छोरी सहित भागेर जाउ भने तर छोरा छोडेर नजाने ति महिलाको अडानका कारण आरोपीले बालकहरुलाइृ आफनो बाटोबाट हटाउन पनि हत्या गरेको प्रहरीले जनाएको छ । बिदेश बाट पति कमाएर पठाएको पैसा आरोपीले सर सापटका नाममा चलाएको र त्यो भूक्तानी गर्न नचाहेर पनि हत्या सम्मको बारादात गरेको देखिएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.