logo

ब्यवसायीक रेडियोको छाता संगठन बानका अध्यक्ष न्यौपानेको निधन

      5/28/2021 गते 00 00 मा प्रकाशित     515   पटक पढिएको

 व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका न्यौपानेको ५० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ । स्थापनामा मार्केटिङबाट प्रवेश गर्नुभएका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गर्नुभएको थियो ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

झापाको गौरादह स्थायी घर भएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आउनुभएको छ । उहाँका श्रीमती एक छोरा, एक छोरी छन् ।

इसीमाना डट कम स्व. न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.