logo

वीरगन्ज महानगरपालिकालाई शिवशक्ति उद्योगद्वारा पौने सात लाखको खाद्यन्न सहयोग 

      6/1/2021 गते 00 00 मा प्रकाशित     488   पटक पढिएको

वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।

 

कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

 

राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय लिटर तेल गरी ६ लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई मंगलबार उद्योगका प्रतिनिधि महेशजंग पाण्डे लगायतको टोलीले हस्तान्तरण गरे ।

 

महानगरपालिका परिसरमा नै पुगेर उद्योगका प्रतिनिधिहरुले उक्त परिमाणको खाद्यान्न राहत स्वरुप सहयोग गरेको हो । महामारीको संकटका बेला विपन्न गरिब परिवारलाई अभाव हुन नदिने महानगरपालिकाले विभिन्न संघ संस्था निःशुल्क भोजन वितरण गर्दै आएको छ ।

 

महानगरक्षेत्रमा सडक पेटीमा अलपत्र परेका र निषेधाज्ञाले प्रभावित परिवारहरुलाई छाक टार्न समस्या भएकाहरुलाई क्याट पर्सा ,साहिव दरवार सेवा संस्था, समपर्ण सेवा संस्था, रेलवे कटेज, १०० ग्रुप्स लगायतका संस्थाहरुले निःशुल्क भोजन गराई रहेका छन् ।

 

उनीहरुलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । शिवशक्ति उद्योग प्रालिले गतबर्ष भएको लकडाउनमा पनि प्रभावित विपन्न परिवारका लागि खाद्य सामग्री सहयोग गरेको थियो ।

 

यसपटक पनि लामो समयसम्म निषेधाज्ञा हुँदा आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गहरुलाई भोको बस्न नपरोस भनेर सहयोग गरेको उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले बताउनु भयो ।

 

राहत सहयोग ग्रहण गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महासंकटको बेला सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै यस्तो संकटको अवस्थामा एउटाको मात्रै मुख ताकेर नहुने सबैले सकेको सहयोग गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनु भयो  ।

 

महानगरपालिकाले नगर क्षेत्रमा निषेधाज्ञाबाट प्रभावित गरिब विपन्नहरुलाई वडा वडामा निःशुल्क भोजनको व्यावस्था गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएको र त्यसको सोधभर्ना महानगरपालिकाले गर्ने पनि बताउनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.