logo

नागरिकता बनाउन बीरगंज कहिले जाने ? निजी सवारी संचालनको पालो कहिले आउने ?

      6/21/2021 गते 00 00 मा प्रकाशित     657   पटक पढिएको

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारे संगै सरकार तथा गैर सरकारी कार्यालयहरुले आफनो सेवा संचालनमा ल्याएका छन ।

 

सेवा संचालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना भए नभएको कार्यालय प्रमुखले निगरानी गर्ने गरि जिल्ला प्रशासन कार्यालय पर्साले आदेश जारी गरेको छ  । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकलाई दिने सेवा सम्बन्धमा पनि सूचना जारी गरेको छ ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एक सूचना जारी गर्दै नागरिकताको प्रमाण पत्र , प्रतिलिपि तथा पासपोर्ट लिनकालागि बिभिन्न स्थानीय तहलाई समय तालिका बिभाजन गरिएको उल्लेख गर्नु भएको छ । 


असार ७ गतेबाट लागू हुने गरि समय तालिका मिलाईको छ । पर्साको पिहरमाई गाउँपालिका, कालिकामाई, धोविनी, जगरनाथपुर, पटेर्वा सुगौली, जिराभवानी,पकाहा मैनपुर सखुवा प्रसौनी  र ठोरी गाउँपालिकाका नागरिककालागि नागरिकता, प्रतिलिपि,राहदानी र अन्य सिफारिशकालागि आईतवार र सोमवार समया निर्धारण गरिएको छ ।

 

बिन्दवासीनी गाउँपालिका,पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिकाकालागि मंगलवार र बुधवार बीरगंज महानगरपालिकाकालागि बिहिवार र शुक्रवारको समय मिलाइएको छ । 

 

त्यसैगरि असार ८ गतेदेखि निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार सूचना जारी गर्दै निजी सवारी चलाउन पाउने जानकारी गराएको हो ।

 

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्र निजी सवारी साधन असार ८ गतेदेखि लागू हुने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर हुने गरी सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।


कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि असार ६ गते जारी गरिएको आदेशमा संशोधन गर्दै प्रशासनले निजी सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.