logo

एक्सपर्ट एजुकेशनद्वारा नारायणी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

      7/1/2021 गते 00 00 मा प्रकाशित     499   पटक पढिएको


एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.ले नारायणी अस्पतालमा एक लाख मूल्यबराबरको १० लिटर क्षमताको एक थान अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप उपलब्ध गराएको छ । 


नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा वीरगंजको नारायणी अस्पतालमा एक  अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप उपलब्ध गराएको  नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले जानकारी दिनु भयो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि. वीरगंज शाखाका प्रबन्धक दिपक महर्जनले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई  अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो । 


अवसरमा नारायणी अस्पतालका निमित्त मेसु प्रधानले प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले अस्पतालमा बिरामीको उपचार गर्न ठूलो टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी तथा नारायणी अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.