logo

पूर्वप्रधानमन्त्री देउवाको ‘अशोभनीय’ र ‘आपत्तिजनक’ अभिव्यक्ति

      11/24/2019 गते 00 00 मा प्रकाशित     1442   पटक पढिएको

राजेन्द्र अर्याल

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर हिजो (शनिवार) एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे । यो अभिव्यक्ति कार्यकारी राष्ट्र प्रमुख तथा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्तिगत लाञ्छनाका रुपमा मात्र होइन, बरु सिंगो राष्ट्रियतासँग जोडिएर सार्वजनिक भयो ।

देउवाले वर्तमान प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै दिल्लीले नेपाली भूभाग हडपेको नक्सा सार्वजनिक गरेको हो भनी बोलिदिए । उपनिर्वाचनको सन्दर्भमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसलाई भोट माग्दै गर्दा उनले यो असान्दर्भिक र आपत्तिजनक अभिव्यक्ति किन दिए सबैका लागि यो निकै सोचनीय विषय बनेको छ ।

छिमेकी देश भारतले कालापानी क्षेत्रलाई आफ्नो भूभागमा राखेर नयाँ नक्सा सार्वजनिक भएलगत्तै नेपालमा त्यसको देशव्यापी विरोध शुरु भयो । प्रधानमन्त्री ओलीले बिना ढिलाइ सबै राजनीतिक दल तथा पक्षहरुलाई बोलाएर सर्वपक्षीय राष्ट्रिय भेला आयोजना गरे । भेलाले एकमतका साथ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय एकताको प्रतिबद्धतासहित कुटनीतिक पहलमार्फत यो समस्याको समाधान गर्न जनादेश दिए ।

राष्ट्रियताको पक्षमा खरोरुपमा उत्रने प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च जमिन पनि मिच्न नदिइने बताए । प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपालले कसैको एक इञ्च भूमि पनि नलिने र आफ्नो एक इञ्च भूमि पनि अरुलाई नदिने भनी सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । योसँगै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा रहेका विदेशी फौज तुरन्त हटाउन आग्रहसमेत गरे । त्यो ठाउँमा नेपाली फौज राखिने पनि उनले बताए ।

ठीक यही समयमा नेपाल सरकारले पराष्ट्रमन्त्रीस्तरीय कुटनीतिक वार्ताका लागि दिल्लीलाई पत्र पठाउँदै गर्दा नेपाली कांग्रेसका सभापति देउवाले पोखरामा आयोजित चुनावी सभामा अमर्यादित अभिव्यक्ति दिएपछि उनी अहिले आलोचनाको घेराउमा परेका छन् ।

एकातिर समस्या समाधानका लागि कुटनीतिक पहल थालनी हुनु र अर्कोतिर पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता देउवाले यस्तो अभिव्यक्ति दिनु आफैँमा विसंगतिपूर्ण देखिन आएको छ ।

यसले प्रश्न उब्जाएको छ– किन गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिए त देउवाले ? यो अभिव्यक्तिलाई लिएर जनसाधरणमा चर्चा चल्न थालेको छ– कसले यस्तो कुरा बोल्न लगायो देउवालाई ? धेरैको धारणा त यसो पनि रहेको छ कि देउवाको यो अभिव्यक्ति राष्ट्र र राष्ट्रियता विरोधी छ ।

पछिल्लो केही समयदेखि देउवा धेरै विवादास्पद कुराहरु बोल्दै र आलोचित हुँदै आइरहेका छन् । रौतहट राजपुर फरहदवामा भएको बम विष्फोटपछि प्रमाण नष्ट गर्नका लागि जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर सामुहिक हत्या गर्ने कांग्रेसी नेता तथा सांसद मोहमद अफताव आलम गिरफ्तार भएलगत्तै उनको बचाउका लागि देउवाले निकै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

चौतर्फी आलोचना भएपछि देउवाले आफ्नो कमजोरी स्वीकार गर्दै थप विज्ञप्ति पनि जारी गरेका थिए । यो आलोचनाको विषय भर्खरै सेलाएका बेला देउवाले अघि बढ्दै गरेको सीमा विवाद समाधानसम्बन्धी कुटनीतिक पहललाई प्रभाव पार्ने गरी गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिएपछि उनी फेरि विवाद र आलोचनाको भूमरीमा फसेका छन् । यो अभिव्यक्तिको पनि उनले खण्डन गर्नु पर्ने देखिन्छ । या त यसलाई सत्यतामा परिणत गर्न विश्वासिलो तर्क पेश गर्नुपर्ने छ ।

पूर्वप्रधानमन्त्री तथा विपक्षी दलको हैसियतले सीमा विवाद समाधानसम्बन्धी कुटनीतिक मर्यादा र राष्ट्रको नागरिक हुनुको नाताले नेपाली राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रतिको देउवाको सोच ठीक नरहेको अभिव्यक्ति राजनीतिक विश्लेषकहरुले दिइरहेका छन् । यो अभिव्यक्ति व्यक्तिगत रुपमा देउवाका लागि मात्र होइन, सिंगो नेपाल र नेपालीका लागि पनि शोभनीय होइन ।

देउवा जस्तो देशको अभिभावकले सस्तो लोकप्रियता र चुनावी मतका लागि यसरी बोल्नु हुने थिएन । यसको अलावा प्रधानमन्त्रीसँग पटक–पटक कुराकानी, सरसल्लाह र सुझाव दिने गरेको भए सीमा समस्या समाधानले मूर्तता पाउने थियो । त्यो नै नेपाल र नेपालीको हितमा हुने थियो ।

अरुमाथि दोष थोपर्न खोजिरहँदा देउवामाथि पनि केही गम्भीर राजकीय दोषहरु त अवश्य पनि आउँछन् । उनी पनि लामो समयदेखि र पटक–पटक नेपाली सार्वभौमसत्ताको हर्ताकर्ता हुने मौका पाएका छन् । अहिले पनि कम जिम्मेवारीमा छैनन्, उनी ।

आज भारतीय नक्सामा देखाइएका नेपाली भूमिहरु लामो समयदेखि अतिक्रमित हुँदै आएका हुन् । तीबारे देउवाले आफ्नो कार्यकालमा ‘चुँ’सम्म पनि बोलेका थिएनन् र छैनन् । उनका पालामा सीमानामा अतिक्रमित भूभागबारे कुनै कुटनीतिक छलफल भएको पनि देखिदैन । शायद यी कुरामा उनको कुनै पनि हेक्का रहेन र पहल पनि गरिएन । देउवाले आफूसँग जोडिएको यो कुरालाई बिर्से पनि जनताले भने कहिल्यै बिर्सेका छैनन् ।

देउवामाथि आरोप छ कि उनी प्रधानमन्त्री भएका बेला आफ्नो पद टिकाइरहन ‘लम्पसार’ परेका थिए । नेपालमा नाकाबन्दी आइलाग्दा ‘चुँ’ सम्म बोलेका थिएनन् । कालापानी मिचिएको कुरा तात्कालीन नेकपा एमालेका नेता प्रेमसिंह धामीले संसदमा उठाएर यसको समाधानका लागि आग्रह गरिरहँदा उही भूगोलमा सालनाल गाडेका देउवालाई कालापानीको पीडाले कतैपनि छोएको थिएन ।

नेपाली भूभाग भारतीय नक्सामा राखी सार्वजनिक गरेको विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय-सर्वपक्षीय भेलामा नेपाली कांग्रेस राष्ट्रिय एकतामा एकसाथ देखियो, चिन्ता जाहेर गर्यो र सामूहिक प्रतिबद्धता व्यक्त गर्यो । यो सह्रानीय कुरा हो ।

तर त्यही सामूहिक जनादेश र प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुटनीतिक पहलका साथै नेपाल–भारतबीच द्विपक्षीय वार्ताको समेत जरुरी हुन आउँछ । यसमा नेपालीहरुबीच एकता र सरकारी कुटनीतिक पहलमा ऐक्यबद्धताको खाँचो छ । यसका लागि अडान, निरन्तर पहल, आत्मसंयम र दृढ निश्चयी बन्नु जरुरी छ । भावना, उत्तेजना र बहकाउले यसमा काम गर्ने देखिदैन ।

अन्त्यमा, राष्ट्रियता र राष्ट्रिय एकतासँग जोडिएको सीमा विवाद समाधानका लागि सबै दल र सबै पक्ष र नेपाली जनताको एकता जरुरी छ । तर यसको मर्मविपरीत पूर्व प्रधानमन्त्री तथा हाल प्रतिपक्ष दलका नेता देउवाले दिएको असुहाउँदो र स्तरहीन अभिव्यक्तिले नेपाली बीचको एकतामा ठेस पुर्याएको छ । यसले पुर्याउने क्षति नेपाल र नेपालीहरुका लागि अपूरणीय हुन सक्छ ।

हामीले नसोचेर बोल्दा र काम गर्दा नेपालीको चाहना, हकहित र राष्ट्रिय संवेदनशीलतामाथि घात पुग्न जाने कुरालाई सदैव केन्द्रमा राख्नु जरुरी छ ।दनेपालटप.कम बाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.