logo

ड्राइपोर्टमा चल्ने अधिकांश ट्रेलर कर छलीका

ड्राइपोर्टमा चल्ने अधिकांश ट्रेलर कर छलीका

      1/21/2017 गते 00 00 मा प्रकाशित     2795   पटक पढिएको

सिमाना रिर्पोटर
वीरगन्ज - कन्टेनर ढुवानीका लागि प्रयोग हुने ट्रेलर (लहरी) ट्रक व्यवसायीले राजस्व छली भारतबाट आयात गरेको पाइएको छ । तेस्रो मुलुकबाट भारतको कोलकता हु“दै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह वस्तु लिएर आएको कन्टेनर ढुवानीमा ट्रेलर प्रयोग हुन्छ । फलामजन्य उद्योगका लागि भारतबाट आयात गरिने कच्चा पदार्थ ढुवानीमा समेत यसको प्रयोग गरिन्छ । बन्दरगाहमा यस्ता ट्रेलर करिब एक सय ५० वटा सञ्चालनमा रहेका छन् । वीगन्ज भन्सार कार्यालयको तथ्यांकमा हालसम्म ३० वटा ट्रेलरले मात्र भन्सार राजस्व दाखिला गरि आयात भएका छन् । भन्सार प्रमुख सेवन्तक पोखरेलका अनुसार करिब १५ लाख रुपैया“ पर्ने एउटा ट्रेलरको भन्सार र मूल्य अभिवृद्धि कर गरी ३ लाख ७६ हजार रुपैया“ राजस्व दाखिला गर्नुपर्छ । व्यवसायीले नेपालमा च्यासिस खरिद गरेपछि भारतबाट ट्रेलर भित्र्याउने गरेका छन् ।

कर छल्न व्यापारीले पारिपट्टि रक्सौलमा ट्रकको इन्जीन लगी ट्रेलर जोडेर वीरगन्ज भित्र्याउ“छन् । गत कात्तिक २६ गते प्रहरीले राजस्व छली भन्सार बिन्दु पार गरि वीरगन्जको ब्रहमचौक पुगेको अवस्थामा ६ थान ट्रेलर नियन्त्रणमा लिएका थियो । ‘झन्डै सयभन्दा बढी ट्रेलर राजस्व छली भित्रिएका छन्,’ एक ट्रेलर व्यवसायीले भने, ‘बिना रोकटोक निर्वाध गुडिरहेका छन् ।’ भन्सार छलि भित्रिएको ट्रेलर प्रहरी पुग्दा कामदारले ट्रेलर पछाडिको भारतीय नम्बर प्लेट उप्काएर नेपाली नम्बर प्लेट लगाइरहेका थिए । ९० लाख रुपैया“ बराबरको ट्रकको ट्रेलर गोरखा लोजेस्टीकको नाममा दर्ता रहेको ना७ख १७८८, १७८७, ३२९, १७९०, १२०० र ना.७ख १७९१ नम्बरको इन्जीन(च्यासीस) रहेको थियो । सम्बन्धीत गाडी धनीले ट्रेलरको कागजात प्रहरीलाई बुझाउन नसकेपछि थप अनुसन्धानका लागि पथलैया स्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको थियो । राजस्व छली गरी ट्रेलर भित्रिएको उजागर भएपनि अन्य ट्रेलरमाथि सरोकारवाला निकायले अनुसन्धान नगरेको व्यवसायीले गुनासो गरेका छन् ।

गाडी धनिले एजेन्सी मार्फत च्यासीस खरिद गर्छन् । च्यासीस सम्बन्धीत यातायात कार्यालयमा दर्ता भएपछि आवश्यकता बमोजिम बडी अथवा ट्रेलर गाडी धनीले निर्माण गराउ“छन् । ‘केहीले नेपालमै ट्रेलर, बडी निर्माण गराई जडान गर्छन्,’ सम्वद्ध स्रोतले भन्यो, ‘कतिपय भारतमै आवश्यकता अनुसारको ट्रेलर, बडी निर्माण गरी ल्याउछन् । नेपालभन्दा भारतमा निर्माण गराउ“दा सस्तो पर्छ ।’ वीरगन्जको आदर्शनगर र लक्ष्मनवामा पनि टे«लर निर्माण गर्ने ‘बडी बिल्डीङ’ कम्पनी सञ्चालनमा रहेपनि सञ्चालकका अनुसार हालसम्म एक दर्जन टे«लर मात्र निर्माण गरेको बताएका छन् । भारतमा बडी र ट्रेलर निर्माण गराउन जाने गाडी धनिले कूल मूल्यको ५ प्रतिशत भन्सारमा धरौटी राखेर निश्चित समयमा बनाएर ल्याउनु पर्ने हुन्छ । भन्सार प्रमुख पोखरेलका अनुसार गाडी धनिले पेश गरेको खर्चको बिलबिजकको आधारमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गरिन्छ । भन्सारलाई खबर नगरी च्याचिसमै जडान गरी भित्र्याइएको ट्रेलरले राजस्व बुझाएको नबुझाएको थाहा हुन्न् । ट्रक व्यवसायीका अनुसार भारतमा निर्माण गरी भित्र्याइएका ट्रेलर र बडीको बिलबिजक आधि मूल्यको बनाएर भन्सारमा पेश गरिएको हुन्छ । ‘निर्माण खर्च आधी देखाएपछि भन्सारमा कर पनि आधी मात्र तिर्नुपर्छ,’ ती व्यवसायीले भने ।  
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.