काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
महरा केही दिनअघि चर्चित ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका थिए। सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बयानका लागि बोलाएको थियो। अनुसन्धानपछि थप प्रमाण संकलनका क्रममा प्रहरीले उनलाई आज पक्राउ गरेको हो।
स्रोतका अनुसार, भेप को बट्टाभित्र सुन लुकाएर ल्याइएको तस्करी प्रकरणमा महराको प्रत्यक्ष संलग्नता र सहयोगको आशङ्कामा अनुसन्धान अघि बढाइएको छ।
महरालाई पक्राउ गरी प्रहरी अनुसन्धान शाखाले विस्तृत बयान लिँदैछ भने, आवश्यक प्रमाण संकलनपछि उनलाई विशेष अदालतमा पेश गर्ने तयारी गरिएको बताइएको छ।
यसअघि पनि महरा विभिन्न विवादमा तानिँदै आएका थिए, तर यस पटकको मुद्दा सुन तस्करीसँग सम्बन्धित भएकोले राजनीतिक वृत्तमा ठूलो तरंग फैलिएको छ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
तपाईको प्रतिक्रिया