logo

सिम्रौनगढमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु, छ जना गम्भीर घाइते

 इसीमाना सम्वाददाता     २०८२ असोज २५ गते १२: ३८ मा प्रकाशित     392   पटक पढिएको

बारा ।  बाराको सिम्रौनगढ नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन।

 

प्रहरीका अनुसार घटना शुक्रबार बिहान सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारी स्वरूप माटो खन्दै गर्दा भएको हो। अचानक माटोको ढिस्को खस्दा छ जना मजदुरहरू पुरिएका थिए।

 

उद्धारका क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य चार जनालाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी तत्कालै उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाइएको बारा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

अचानक ढिस्को खस्दा ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतोको ज्यान गएको हो। माटोले पुरिएपछि उनीहरूलाई उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनामा ६ जना अन्य व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन।

 

स्थानीय प्रशासन र प्रहरी कार्यालयले यस्ता खतरापूर्ण काम गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन। चाडपर्वलाई लक्षित गरी माटो खन्ने काम तीव्र भए पनि सुरक्षामा लापरबाही हुँदा यस्ता दुःखद घटना दोहोरिन सक्ने चेतावनी समेत दिइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.