logo

एसियामा नेपाल तेस्रो भ्रष्ट मुलुक

भ्रष्टाचार हुने देशको सूचीमा १३१औं स्थानमा

      1/25/2017 गते 00 00 मा प्रकाशित     1481   पटक पढिएको

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १३१औं स्थानमा पुगेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल ‘टीआई’ ले वर्ष २०१६ मा भएका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा सार्वजनिक गरेको १ सय ७६ देशको सूचीमा नेपाल १३१औं स्थानमा देखाएको हो।

वर्ष २०१५ मा नेपाल १३०औं स्थानमा थियो। भ्रष्टाचार मूल्यांकनका लागि टीआईको सय पूर्णांकमा नेपालले जम्मा २९ अंक प्राप्त गरेको छ। यो वर्ष २०१५ को तुलनमा भन्दा दुई अंक बढी भए पनि नेपाल एक स्थान खस्किँदै १३१औं स्थानमा पुगेको हो। गत वर्ष १ सय ६८ देशको मूल्यांकन भएको थियो । टीआईले सार्वजनिक गरेको सूचकांकमा वर्ष २०१६ को सूचीमा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक भएको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि अफगानिस्तान र बंगलादेश रहेका छन् । टीआईले बुधबार जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा १ सय २२ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । यो तथ्यांकलाई हेर्दा पनि विश्वमा भ्रष्टाचार न्यूनीकरण भएको भन्न नमिल्ने टीआई नेपालले जनाएको छ।

 

टीआईले सन् १९९५ देखि यो सूचकांक सार्वजनिक गर्दै आएको थियो। नेपाल यो सूचीमा सन् २००४ देखि समावेश हुँदै आएको छ। विश्वभरका देशमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भीडीईएम० ले गरेको अध्ययनलाई हेरेर टीआईले सूचकांक तयार गरेको हो। सरकारद्वारा सार्वजनिक क्षेत्र÷पदाधिकारीहरूको कामकारबाहीमा निगरानीको स्थिति, नागरिक समाजलाई राज्यको कामकारबाहीको जानकारीमा पहुँचलाई विश्व बैंकले अध्ययन गर्दै आएको छ। त्यस्तै, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, कर भुक्तानी ठेक्कापट्टा हात पार्न दिइने घूस, ग्लोबल इनसाइटले व्यापार व्यवसाय र आयात निर्यातमा भ्रष्टाचार, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थितिलाई अध्ययन गर्दै आएको छ।

 

वल्र्ड जस्टिस फर प्रोजेक्टले सरकार न्यायालय, संसार र सुरक्षा निकायका पदाधिकारीद्वारा पदको दुरुपयोग र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको अध्ययन गरेको छ । भीडीईएमको प्रतिवेदनलाई टीआईले यस वर्षदेखि अध्ययनको दायरामा राखेको छ । सार्वजनिक गरेको सूचकांकमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटानमा हुने गरेको देखाएको छ । भुटान सूचकांकमा ६५ अंक प्राप्त गर्दै २७औं स्थानमा रहेको छ । त्यस्तै, भारतले ४० अंक प्राप्त गर्दै ७९औं स्थानमा रहेको छ। नेपालअगाडि माल्दिभ्स र श्रीलंका रहेका छन्। यी दुई देश ३६ अंक प्राप्त गर्दै ९५औं स्थानमा रहेका छन् । त्यस्तै, पाकिस्तान ३२ अंकसहित ११६औँ स्थानमा रहेको छ । नेपालभन्दा बढी भ्रष्टाचार रहेको मुलुक बंगलादेश २६ अंकसहित १४५औं स्थानमा रहँदा अफगानिस्तान १५ अंकसहित १६९औं स्थानमा छ । यो सूचकांकमा अफगानिस्तान पुछारदेखि आठौं स्थानमा रहेको छ ।

 

अति भ्रष्टाचार हुने मुलुकमा सोमालिया पहिलो स्थानमा रहेको छ । १ सय ७६ देशको सूचीमा सोमालिया १० अंकसहित १७६औं स्थानमा छ भने दक्षिण सुडान ११ अंकसहित १७५औं र उत्तर कोरिया १२ अंकसहित १७४औं स्थानमा रहेको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्युजिल्यान्ड रहेका छन् । उनीहरू दुवैले सय पूर्णांकमा ९० पाएका छन् । यस्तै, ८९ अंकसहित फिनल्यान्ड तेस्रो स्थानमा रहेको छ भने स्विडेन ८८ अंकसहित चौथो स्थानमा रहँदा स्विजरल्यान्ड ८६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

राजनीतिक भ्रष्टाचारमा अगाडि

ट्रान्सपरेन्सी इन्टरनेसनले अध्ययनको दायरामा राखेको राजनीतिक भ्रष्टाचारमा नेपालले सबैभन्दा कम अंक प्राप्त गरेको छ । टीआईले हेर्ने भ्रष्टाचारका ६ अवस्थामध्ये राजनीतिक भ्रष्टाचारमा नेपालले सबैभन्दा कम अंक २५ पाएको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजक्ट ९भीडीईएम० को अध्ययनमा नेपालले २५ अंक पाएको हो । नेपालले सबैभन्दा बढी अंक विश्व बैंकले गरेको सरकारी सेवासुविधामा सर्वसाधारणको पहुँचमा पाएको छ । नेपालले यसमा ३५ अंक पाएको छ । यो क्षेत्रमा नेपालले सन् २०१३ देखि नै निरन्तर रूपमा ३५ अंक ल्याउँदै आएको छ । त्यस्तै सरकार, संसद्, न्यायालय तथा सुरक्षा निकायमा पदको दुरुपयोगको अवस्थामा नेपालले ३१ अंक पाएको छ । वल्र्ड जस्टिस प्रोजेक्टले गरेको अध्ययनमा नेपालले अघिल्लो वर्ष २४ अंक पाएको थियो। राजधानी दैनिकमा खबर प्रकाशित छ।

नेपालमा सार्वजनिक पदको दुरुपयोगको अवस्थामा पनि दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ। बर्टेल्सम्यान फाउन्डेसनले गरेको अध्ययनमा नेपालले २४ अंक प्राप्त गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.