logo

फागुन  २८ गतेको वीरगंज बन्द फिर्ता

      3/6/2018 गते 00 00 मा प्रकाशित     763   पटक पढिएको

वीरगंज २२ फागुन । 

वीरगंजलाई प्रदेश नं. २ को राजधानी  बनाउन चरणबद्ध आन्दोलनमा रहेको संर्घष समितिले फागुन २७ गतेको मसाल जुलुस र २८ गतेको वीरगंज बन्द फिर्ता लिएको छ ।

 

वीरगंजमा संर्घष समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । फागुन महिनामा विवाहको लगन धेरै भएकोले बन्द फिर्ता लिएको संर्घष समितिका संहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए  ।

 

बन्दको कार्यक्रम फिर्ता लिएपनि अरु संर्घषका कार्यक्रम जारी रहेने गुप्ताले जानकारी दिए  ।

 

बैठकमा समितिका संयोजक सुरेन्द्र चौधरी,सदस्य बसरुदिन अंसारी, श्याम पटेल, अरबिन्द गुप्ता, शम्भु गुप्ता ,अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.