logo

सुवर्णपुरमा करोड बढीको लागतमा स्वीमिङ्ग पूल निर्माण, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २० गते ०७: ३७ मा प्रकाशित     647   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा शनिवार  एक विशेष समारोहका बीच ओभी स्वीमिङ पुल एण्ड होटलको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

 

प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रुपमा पुलको उद्घाटन गरेका हुन । 


स्थानीय व्यवसायी  विक्रम बम्जनद्वारा व्यावसायिक रूपमा स्थापना गरिएको ओभी स्वीमिङ पुल एण्ड होटेल चुनौतीपूर्ण परिस्थितिका बाबजुद आफ्नै गाउँमा लगानी गर्न आँट गरेको पक्ताहरुले प्रशंसा गरे ।

 

 करिब एक करोड बढीको लगतमा  निर्माण गरिएको पुल  पर्सा जिल्लाको ग्रामीण भेगमा स्थापना भएको पहिलो आधुनिक स्वीमिङ पुल भएको स्थानीयवासीहरूको दाबी छ ।

स्वीमिङ पुल एण्ड होटलमा स्वीमिङको सुविधासँगै जन्मदिन, विवाह, वर्षगाँठ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न मिल्ने व्यवस्था गरिएको सञ्चालक बम्जनले जानकारी दिए  । पुल निर्माणले  ठोरी क्षेत्रको स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने  विश्वास व्यक्त गरिएको छ ।


उद्घाटन समारोहलाई अझ रोचक बनाउन गायक सुनिल पण्डित, चर्चित डान्सर सिमरण अधिकारी तथा चितवन र काठमाडौँबाट आएका डान्सर समूहहरूले वेजोड सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकहरूलाई विशेष मनोरञ्जन प्रदान गरेको थियो ।


उद्घाटन समारोहको अध्यक्षता सञ्चालक विक्रम बम्जनले गरेका थिए  । प्रदेश सभा सदस्य  शंकर प्रसाद चौधरी, विशिष्ट  ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर पूर्व अध्यक्ष  पिएल श्रेष्ठ, बीओपीका डिएसपी आनन्द खड्का, मानबहादुर थिङ, लेखमान थापा, सन्तोष श्रेष्ठ, खगेन्द्र श्रेष्ठ लगायत स्थानीय समाजसेवी तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.