logo

गडासी प्रहार गरि आमाको हत्या

      7/9/2019 गते 00 00 मा प्रकाशित     1365   पटक पढिएको

वीरगन्ज, २५ असार ।
वीरगञ्ज महानगरपालिवडा नं २४ रामगढवको नयाँबस्तीमा छोराले धारीलो हतियार प्रयोग गरि आमाको हत्या गरेका छन । नयाँबस्ती निवासी ४० वर्षिया शोभादेवी यादवको हत्या भएको हो । २० वर्षिया छोरा गुड्डु यादवले घाँस काट्ने गडासीको प्रयोग गरि आमाको हत्या गरेका हुन ।

 

आमाले घरमा रहेको भैसी बेचेको बिषयमा आमा छोरामा बिवाद भएको थियो । भैसी बेचेको पैसा छोराले मागेको र आमाले नदिएको बिषयमा विवाद भएको प्रहरील जनायो ।आज दिउसो कारिव साढे २ बजेको आसपासमा छोराले घर भन्दा ४ सय मिटर परसम्म लखेटेर आमालाई गडासी प्रहार गरेका थिए ।

 

 शोभादेवीको घाँटी र चिउडोमो काटेको छ । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । शोभाको मृत शरीरलाई पोसटमार्टमकालागि बीरगंजको नारायणी अस्पतालमा लगिएको छ । गुड्डुलाई प्रहरीले घटनास्थलबाटै आफनो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा काठमाण्डौमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न

काठमाण्डौ  ।  संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हना सिङ्गर हम्दीले पत्रकारहरुलाई तिब्रगपतमा परिर्वतन भइरहेको डिजिटल युगमा काम गर्न स्रक्ने उपकरणहरु प्रदान गर्न सक्नु पर्ने बताएकी छिन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.