logo

सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ता सडकमा, बचत रकम फिर्ताको माँग

 इसीमाना सम्वाददाता     २०८० पौष २७ गते ०३: ११ मा प्रकाशित     853   पटक पढिएको

वीरगञ्ज । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध शुक्रवार बीरगंजमा बचतकर्ताहरुले प्रर्दशन गरेका छन । बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता माग्दा नदिएको र संचालकहरु फरार रहको भन्दै उनीहरु सडकमा उत्रिएका हुन ।

 

बीरगञ्जको टिबडेवाल धर्मशालादेखि निकालिएको जुलुस नगरपरिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन भएको थियो । सहकारीमा बीरगंजका ८ सय भन्दा बढी बचतकर्ताको १ अर्व भन्दा बढी रकम बचत रहेको बताइएको छ ।

 

बचतकर्ताहरुले जम्मा गरेको पैसा माग्न थालेपछि सानो पाइलाका कर्मचारी सम्पर्कविहिन भएको पीडित संघर्ष समितिले जनाएको छ । बीरगंज महानगरपालिकाले सानो पाइला बचततथा ऋण सहकारी संस्थाको बीरगंज स्थित कार्यालयमा गत बिहिवार शिलबन्दी गरेको छ ।

सानो पाइलाका संचालक र बीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह वीच केही महिना अगाडि छलफल भएको र संचालकहरुले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

महानगरपालिकाले सानो पाइलालाई संकटग्रस्त घोषणा गरि कारावहीकालागि बिभिन्न निकायमा पत्राचार गरेको थियो । राष्ट्रबैकले सिआइवीलाई पत्राचार गरेपछि सानो पाइला बिरुद्ध कारवाही प्रारमभ गरेको थियो ।

 

पर्सा जिल्ला अदालतले सहकारीका संस्थापक गितेन्द्र बाबु राई(जीबी राई) वर्तमान अध्यक्ष अनन्त बाबु राई,उपाध्यक्ष सुनीत श्रेष्ठ,पूर्व उपाध्यक्ष नेहा पौडेल,सचिव देवेन्द्र बाबु राई,पूर्व सचिव तस्विरन खातुन कोषध्यक्ष कुमार सम्तेल,पूर्व कोषध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर सदस्यहरु थान बहादुर बुढा मगर,धिरज कुमार दास,पूर्व सदस्य अशोक यादव,प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीका अनुसार हालसम्म कोषध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव पक्राउ परेका छन् । बाकी अरु फरार रहेको बुझिएको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा धेरै मुद्दा परेको पर्सा प्रहरीले जनाएको छ । बचतकर्ताहरुको पैसा फिर्ता गराउने हिसाबले सानो पाइलाविरुद्ध मुद्दा दर्ता भइ कानुनी प्रकिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए । उनका अनुसार मुद्दा दर्ता भएकाहरुलाई खोजी कार्य समेत भइरहेको छ ।



तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.