logo

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

 इसीमाना सम्वाददाता     २०८२ चैत २१ गते ०५: २९ मा प्रकाशित     127   पटक पढिएको

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ । 

 


लामो समयदेखि कारागारमा रहेका बोसको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

 

बिरसा मुन्डा कारागारका अधीक्षक कुमार चन्द्रशेखरका अनुसार प्रशान्त बोसकी पत्नी शीला मरान्डीले कारागार प्रशासनलाई एक लिखित निवेदन दिँदै आफ्नो श्रीमानको शव बुझ्न असमर्थ रहेको जानकारी गराएकी छन्। 

माओवादी नेता प्रशांत बोस उर्फ किशन दा की मौत, बिरसा मुंडा सेंट्रल जेल में ली आखिरी सांस

मरान्डीले उक्त पत्रमा आफ्नो र श्रीमानको अन्य कोही नभएकाले अन्तिम दर्शन गराएपछि सरकारी प्रक्रियाअनुसार नै अन्त्येष्टि गरिदिन अनुरोध गरेकी छन्।

 

 कारागार प्रशासनले ७२ घण्टासम्म शव बुझ्न कोही आउँछ कि भनेर प्रतिक्षा गर्ने र त्यसपछि सरकारी मापदण्डअनुसार नै अन्तिम संस्कार गर्ने तयारी गरेको छ।

 

प्रशान्त बोस र उनकी पत्नी शीला मरान्डीलाई १२ नोभेम्बर २०२१ मा झारखण्डको सराइकेला  खरसावा जिल्लाबाट पक्राउ गरी राँचीको बिरसा मुन्डा कारागार पठाइएको थियो। जेल अधीक्षकका अनुसार विगत पाँच वर्षमा उनलाई भेट्न कारागारमा कोही पनि आएका थिएनन्। 


भारतीय सुरक्षा निकायका लागि टाउको दुखाइ बनेका बोसमाथि सन् २०१३ मा छत्तीसगढको झिरम घाटीमा विद्याचरण शुक्ल र महेन्द्र कर्मासहित ३० जना कांग्रेस नेताहरूको हत्याको षड्यन्त्र र पुनेको भीमा कोरेगाव हिंसामा संलग्न भएको गम्भीर आरोपहरू लागेका थिए।

 

उनीलाई पक्रिने वा पक्राउ गर्न सूचना दिनेलाई १ करोड इनाम दिने भारतीय सरकारले घोषणा गरेको थियो । उनी पहिला माहोवादी कम्युनिष्ट सेन्टरका प्रमुख थिए ।

 

२००४ मा पिपुल्स वारसंग एकता पछि बनेको भारतीय कम्युनिष्ट पार्टी माओवादी प्रभावशाली नेता रहे ।

झारखण्डमा उनी बिरुद्ध ५० बढी मुद्धा दर्ता छन  ।  उनले भारतका बिभिन्न राज्यमा पार्टीले गरेको २ सय बढ िकारवाहीको प्रत्यक्ष नेतृत्व गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.