logo

राष्ट्रिय बडीबिल्डिङमा वीरगन्जका साहेब गिरीलाई कांस्य पदक

 इसीमाना सम्बाददाता     २०८३ मंसिर १२ गते ०८: ०८ मा प्रकाशित     50   पटक पढिएको

वीरगन्ज । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता –२०८३ अन्तर्गत पुरुष शारीरिक सुगठन (बडीबिल्डिङ) को ७५ केजी तौल समूहमा वीरगन्जका साहेब गिरीले कांस्य पदक जितेका छन्।

 

मधेश प्रदेशबाट प्रतिस्पर्धामा उत्रिएका गिरीले राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गर्दै वीरगन्ज र मधेशको नाम रोशन गरेका हुन्। उनको सफलताले स्थानीय खेलकुद क्षेत्र तथा बडीबिल्डिङप्रेमीहरूमा खुसी थपिएको छ।

 

गिरी वीरगन्जको लिंकरोडस्थित मसल बैंक जिम क्लबमा प्रशिक्षकका रूपमा कार्यरत छन्। अरूलाई शारीरिक सुगठनको प्रशिक्षण दिँदै आएका उनी आफैँ पनि नियमित अभ्यास, कडा अनुशासन र सन्तुलित खानपानलाई निरन्तरता दिँदै आएका छन्।

 

 प्रशिक्षकको जिम्मेवारीसँगै आफ्नै खेललाई समेत निरन्तरता दिएका उनले त्यसैको परिणामस्वरूप राष्ट्रिय प्रतियोगितामा पदक हात पार्न सफल भएका हुन्।

 

सुर्खेतको वीरेन्द्रनगरलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन भइरहेको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएसहित ११ टोलीका खेलाडीले विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

 

गिरीको यो उपलब्धिलाई मधेश प्रदेशको शारीरिक सुगठन क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। उनको जितले नयाँ पुस्ताका खेलाडीलाई नियमित अभ्यास र मेहनतमार्फत राष्ट्रिय स्तरमा सफलता हासिल गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.