वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
क्लबले सेढवामा पत्रकार सम्मेलन गर्दै आगामी असोज २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले प्रतियोगितामा विभिन्न भेट्रान खेलाडी तथा टोलीहरूको सहभागिता रहने जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको उनले बताए।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
स्थानीयस्तरमा खेलकुदको विकास, भेट्रान खेलाडीहरूलाई खेलकुदमा सक्रिय बनाउनुका साथै खेलाडीबीच आपसी भाइचारा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
आयोजकले १६ वटा फूटवल क्लको सहभागिता हुने अपेक्षा लिएको छ । अहिले सम्म ११ वटा क्लवले प्रतियोगितामा सहभागी हुने तय भएको चौधरीले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया