logo

मदन रुन्चेको ट्रान्सपोर्टमा भंसारको छापा ७० लाखको समान बरामद

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ८ गते ०२: ०६ मा प्रकाशित     305   पटक पढिएको

बीरगंज ।बीरगंज भन्सार कार्यालयले आदर्शनगरमा रहेको एक ट्रान्सपोर्ट र त्यसको गोदाममा छापामारी गरेको छ । मदन रुन्चेको जय दुर्गा ट्रासपोर्टमा बीरगंज भन्सार कार्यालयले छापामारी गरेको हो ।

 

भंसारमा खटिएको सशस्त्र प्रहरी बलको सहयोगमा छापामारी गरिएको प्रमुख भंसार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । आर्दशनगरस्थित १० स्थित उक्त क्यारियर्सको गोदाममा छापामारी गरिएको बिषयलाई भंसार प्रशासक पन्थीले कार्यालयको नियमित काम भनेका छन ।

 

गोदाममा भंसार राजस्व छलीका सामान फेला परेको उनले बताए । बिवरण संकल हुदै गरेको र टोली कार्यालय आइनपुगेको पूर्ण बिवरण आउन बाँकी रहेको उनले बताए । उनले प्रमाण सहित समान दावी गर्न को आउछ त्यसको आधारमा मात्र माल कसको हो भन्ने भन्न सकिने बताए ।


गोदामबाट कपडा, काजु, स्टिलका भाँँडावर्तन, ग्याँस चुल्हा लगायतको सामान बरामद गरेको हो ।टोलीले २ वटा गोदाममा छापामारेर ७० लाख रुपैया भन्दा बढीको सामान बरामद गरेको छ ।

यसअघि एक महिना पहिलेपनि नेपाल प्रहरीले त्यहि ट्रान्सपोर्टमा छापा मारेर करिब १५ लाख मूल्यको १६ पोका कपडा बरामद गरेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.