logo

बैज्ञानिक पुन किताव बेच्दै गाउँ गाउँमा , कृषि औजार कारखना चलाई छाडने अठोट

 इसीमाना सम्बाददाता      २०८१ भदौ २८ गते १३: ५९ मा प्रकाशित     436   पटक पढिएको

बीरगंज । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका महावीर पुन यतिवेला बीरगंजमा छन । एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पनि हुन् पुन ।

 

नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै नेब्रास्काले उनलाई मानार्थ ‘डाक्टर’ उपाधिसमेत दिएको छ ।

 

हो उनै पुन तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको वीरगञ्जस्थित कृषि औजार कारखाना पून सञ्चालनमा ल्याउन लागि परेका छन ।


बिदेशीले बनाईदिएको कृषि औजार कारखाना भने हाम्रै सरकारले २०५९ चैत ४ गते खारेज गर्ने निर्णय गरेको थियो ।

 

त्यसको ठिक २० वर्ष पछि २०७९ भदौ ३१ गते सरकारले उधोग संचालन गर्न १० वर्षकालागि पुनले नेतृत्व गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई दिने निर्णय गर्यो ।

 

सरकारले निर्णय गरेर दिने बाहेक केन्द्रलाई आवश्यक सहयोग भने गरेको छैन ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुन आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गरेर कारखना चलाउने अभियानमा छन । त्यसकोलागि उनी अहोरात्र खटिरहेका छन ।

 

उनले पुस्तक बेचेर २० करोड रुपैया कारखना संचालनकालागि परिचालन गर्ने उद्धेश्य राखेका छन । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका पुन अहिले पर्साका ग्रामीण इलाकामा पुस्त बेच्न निस्केका छन ।


अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्ने हो भने कम्तीमा पनि रु ६०/७० करोड खर्च गर्नुपर्ने बताउँछन् ।

 

‘केन्द्र आफैँले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ,’ उनले भने, ‘सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।’

केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन ९ करोड ५० लाख भन्दा धेरै रकम सङ्कलन गरिसकेको छ । उनले कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य राखेका छन् ।

 

उनको एउटा पुस्तकको मूल्य भने सात सय ५० तोकिएको छ । पुस्कत बेच्न ठोरी गाउँपालिकाको बिभिन्न ठाउँमा पुगका पुन उत्साहित छन । ग्रमीण भेगका स्थानीय बुद्धिजीवी र भद्र भलाद्मीले पनि पुन अभियानलाई साथ दिएका छन । ज्ञान वाटिका परिसरमा ७८थान र बजार क्षेत्रमा ११थान गरी जम्मा ८९थान पुस्तक खरिद गरि अभियान का निम्ति स्थानीयले पनि हातेमालो गरेका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.