logo

निजगढमा तिलगंगाको सेवा आरम्भ, आँखाको उपचारकोलागि बिदेश जान जरुरी छैनः प्रा.डा.रुइत

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २८ गते ०६: ३३ मा प्रकाशित     582   पटक पढिएको

वीरगञ्ज । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले गुणात्मक फडको मारेका बताएका छन ।


 बाराको निजगढमा मधेश प्रदेशको पहिलो सामुदायिक आँखा उपचार केन्द्र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन पछि आयोजीत पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

 

उनले मोतियाबिन्दु, नानी र पर्दाको उपचारमा नेपालको सेवा गुणात्मक रहेको बताए । उनले आँखा उपचारकोलागि अन्य मुलुक जान आवश्यक नरहेको भन्दै बिदेशमा जस्तो उच्च गुणस्तरीय सेवा नेपालमा उपलब्ध रहेको बताए । उनले तिलगंगा सामुदायिक आँखा अस्पताल सीमान्तकृत नागरिकको सेवामा समर्पित भएको बताए । 


यस अघि मधेशका मुख्यमंत्री सतिश कुमार सिंहले सामुदायिक अस्पतालको एक भब्य कार्यक्रमकावीच समुदघाटन गरेका थिए । मुख्यमंत्री सिंहले तिलगंगा आँखा प्रतिष्ठानको अभियानमा मधेश प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले पनि अस्पताल निर्माणकालागि निजगढलाई चयन गरिएकोमा आभार प्रकट गर्दै अस्पताललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

नेपाली ३१ करोडका लागतमा निर्माण भएको अस्पताल तिलगंगा आँखा प्रतिष्ठान (टाआईओ) र ले फ्रेड होलोज फाउन्डेसनसँगको साझेदारीमा  निर्माण भएको हो ।

 निजगढमा सञ्चालनमा  वार्षिक ५५ हजार बिरामीहरूलाई उपचार गर्ने लक्ष्य लिइएको प्रतिष्ठानका कार्यकारी अधिकृत रीता गुरुङ्गले बताइन ।

WhatsApp-Image-2024-11-13-at-5.25.30-PM.jpeg?fit=1600%2C900&ssl=1

अस्पतालको निर्माणले सीमान्तकृत समुदायलाई ज्योती दिने भएकोले आफूहरुले देखेको सपना साकार हुदै गएको निर्देशक प्रा.डा.सन्दुक रुइतले बताए ।

फ्रेड होलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले द फ्रेड होलोज फाउन्डेशनको लागि एउटा नयाँ अध्यायको रूपमा चिनाएको बताए । उनले अस्पतालको निर्माण र संचालनमा स्थानीयको सकारात्मक सहभागिताले आफूलाई हर्षित बनाएको बताए ।


फ्रेड होलोज फाउण्डेशनका विशार्टले नेपालमा आँखाको स्वास्थ्य सेवा प्रदान गर्न तिलगंगा सामुदायिक आँखा अस्पतालसँग साझेदारीमा काम गर्न पाउँदा फाउन्डेशनलाई गर्व लागेको बताए ।

नेपालमा मधेश प्रदेश अन्धोपनको उच्च जोखिममा रहेको छ । मोतिबिन्दु अन्धोपनको प्रमुख समस्या रहेको अध्ययनले देखाएको छ । दृष्टिबिहिनताको अवस्थाबाट बच्न सकिनेगरि उपचार सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ । 

 अस्पतालले मोतियाबिन्दु, अपवर्तक त्रुटी, मधुमेह रेटिनोप्याथी र आँखाका अन्य रोगहरूको उन्नत  उपचारमा ध्यान केन्द्रित गर्ने डा. रुइतले बताए ।

 २३ हजार वर्ग फुटमा फैलिएको ४ तलाको अस्पताल आँखाको हेरचाहको लागि समर्पित रहेको र दुई अपरेटिङ थिएटरहरू, लेजर कोठाहरू, बाहिरी बिरामी र इनपेशेन्ट विभागहरू, एक रिकभरी वार्ड, र एक इन–हाउस फार्मेसी र अप्टिकल स्टोरहरू बैठक कक्ष  रहने छ ।

 आगामी पाँच वर्षमा अस्पतालले मधेस प्रदेशबाट २ लाख ७४ हजार आँखाका बिरामी ल्याउने र नेपाल र भारतका ३० लाख मानिसलाई सहयोग गर्ने बिश्वास लिएको छ । 


प्रतिष्ठानका अध्यक्ष सहृदय घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयन आँखा परियोजनाका प्रतिनिधि सांसद अच्यूत मैनाली  प्रतिष्ठानका निर्देशकहरु ख्यातीप्राप्त कलाकार हरिबंश आचार्य, गोविन्द पोख्रेल, रबी के.सी. सिद्धलाल श्रेष्ठ,प्रमुख अपरेटिङ्ग अफिसर पिताम्बर अधिकारी, आर्थिक बिभाग प्रमुख रामचन्द्र खनाल लगायतको सहभागिता रहेको थियो । 

 

यसअघि निजगढ तिलगंगा आँखा अस्पतालले निजगढ नगरपालिका– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रपरिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको थियो ।

 

 यसैबीच निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढमा आयोजना गरेको ३ दिने शिवीरमा ४५४ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

 

गत शनिवारबाट शुरु भएर मंगलबार सकिएको शिविरमा ४ हजार २ सय ३५ जनामा आँखाको परीक्षण गरिएको थियो । जसमध्ये ४५४ जनामा मोतियाबिन्दु फेला परेपछि अस्पतालकी चिकित्सक रिता गुरुङ्गको नेतृत्वमा रहेको ५ जनाको चिकित्सक टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको हो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.