logo

उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

      11/26/2017 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

काठमाडौं, १० मंसिर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले मतदानमा सहभागी आम मतदातालाई बधाई तथा धन्यवाद दिएका छन् ।

निर्वाचन सम्पन्न भएलगतै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर निर्वाचन सम्पन्न हुँदा उपराष्ट्रपति खुशी भएको र आममतदातालाई धन्यवाद दिएको जानकारी दिएका हुन् । उपराष्ट्रपतिले निर्वाचन सम्पन्न भएकोमा सरका, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सुरक्षा निकायलगायतलाई धन्यवाद दिएका छन् ।

‘उपराष्ट्रपतिले पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ’, प्रेस नोटमा भनिएको छ, ‘साथै, निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरका, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयम्सेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।’

उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दिन ऐतिहासिक र गौरवपूर्ण भएको बताएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्नसँगै संविधानले सुखद पूर्णता पाउने र देश समृद्धिको मार्गमा दु्रुतमार्गमा अगाडि बढ्ने विश्वास गरेका छन् ।

‘उपराष्ट्रपतिज्यूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै संविधान कार्यान्वयनले सुखद पूर्णता पाएपछि संघीयता संस्थागत भई देश समृद्धिको मार्गमा दु्रतगतिमा अगाडि बढ्नुका साथै लोकतन्त्र पनि सुदृढ् हुने विश्वास व्यक्त गर्नुभएको छ,’ प्रेस नोटमा भनिएको छ ।

उपराष्ट्रपतिले पहिलो चरणको जस्तो दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि महाउत्सवको रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.