logo

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०५: ४० मा प्रकाशित     920   पटक पढिएको

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

 

उनले बहुदरमाई नगरपालिका–३, नगरदहामा आयोजित प्रथम वडा भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले अब आयातित वादहरू होइन, नेपालको माटो र समाज सुहाउँदो ‘नेपालबाद’ आवश्यक रहेकोमा जोड दिएका छन ।

 

सभापति पन्तले मार्क्सवाद, लेनिनवाद र माओवाद जस्ता विदेशी विचारधाराहरू नेपालमा अब अप्रासंगिक भइसकेको उल्लेख गरे। उनले भने, मार्क्स, लेनिन र माओले आ–आफ्नो देशको विशिष्ट परिस्थिति अनुसार विचार प्रतिपादन गरेका थिए, तर ती विचारहरू जस्ताको त्यस्तै नेपालमा लागू गर्दा देशमा सकारात्मक परिवर्तन आउँदैन।

 

उनले थपे, “हाम्रो देशको माटो, समाज र संस्कृतिलाई केन्द्रमा राखेर अब ‘नेपालबाद’ को आवश्यकता छ, जुन विचारले मात्र देशलाई वास्तविक समृद्धिको दिशामा लैजान सक्छ।”

 

पन्तले मलेसियाका महाथिर मोहम्मद, भियतनामका हो चि मिन्ह र सिंगापुरका लि क्वान यु जस्ता नेताले आ–आफ्नो देशलाई केही दशकमा नै समृद्ध बनाएको उदाहरण दिँदै भने, “नेपालमा भने कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूले मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएको बताए । अब देशको विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्र भएको उनको भनाई छ ।

 

भेलाले राजकिशोर साहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित समितिको उपसभापतिमा राजु यादव सचिवमा शत्रुघ्न यादव   र सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिला देवी, सङीता देवी, सितापती देवी, सफिना खातुन र कुश्मा देवी पासवान चयन भएका छन्।

 

कार्यक्रम रास्वपा बहुदरमाई नगर सभापति चन्दन यादवको सभापतित्व भएको थियो। भेलालाई पार्टीका केन्द्रिय सदस्यहरू डा.नन्दन यादव, दिलीप कुर्मी, सुदीश प्रजापति लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.