logo

मन्त्री लेखीको भाईप्रेम कानूनी विवादमा, साझेदार दल असन्तुष्ट, ६ गते अदालतले बोलायो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०४: ५० मा प्रकाशित     424   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेको नियुक्ति काूनी विवादमा परेको छ । 


मन्त्रीको प्रस्तावमा मधेश प्रदेश सरकारले गत जेठ ११ गते सप्तरीका किशोरकुमार लेखीलाई चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

 

मन्त्रीलेखीले आफनै सचिवालयमा कार्यरत किशोर कुमार लेखीलाई बोर्डको अध्यक्षमा नियुक्ति गरेपछि त्यसको बिरुद्ध लाल किशोर यादवले  निषेधाज्ञाको माँग गर्दै अदालतमा उजुरी दिएका थिए ।

 

यादवले लेखीको नियुक्ति कानून बिपरित तथा योग्यता र क्षमताको मापन नै नगरी गरिएको भन्दै अदालतमा उजुरी गरेका हुन ।

 

सोही उजुरीको सुनवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश गीताप्रसाद तिम्सिनाको एकल इजलासले मधेश सरकार तथा गृह संचार तथा कानून मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको छ ।

 

यो आदेश आएसंगै मन्त्री लेखीको यो नियुक्ति पनि बिवादमा परेको छ । उच्च अदालत जनकपुरले जेठ ३० गते कारण देखाउ आदेश जारी गरेको हो । 


अदालतले असार ६ गतेकालागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ ।


यस अघि मन्त्री लेखीले मिडिया काउन्सिलमा गरेको नियुक्ति पनि विवादमा आएको थियो । काउन्सिलमा नियुक्त कमल कुमार उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालतमा मुद्धा दर्ता गरेपछि उनी निलम्बनमा परेका छन ।

 

उपाध्यायलाई नियुक्ती गर्दा मन्त्री लेखीले आर्थिक नजराना लिएको भन्ने कुरा बिभिन्न संचार माध्यममा यस अघिनै प्रकाशित भएका छन । 


मन्त्री लेखीको मन्त्रालय अन्तर्गत रहेका तीनवटा संस्थाहरु मिडिया काउन्सिल,आमसंचार प्राधिकरण र चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड सत्ता साझेदार तीन दलहरुले आपसमा भागवण्डा गरेको स्रोतले जनायो ।

 

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड नेपाली कांग्रेसको भागमा परेको थियो । तर मन्त्री लेखीले सहकार्य र गठबन्धन संस्कृतिको बर्खिलाफ हुने गरि पार्टीलाई समेत कुनै जानकारी नदिई बोर्डमा आफनो भाईलाई नियुक्ति दिएको स्रोतले जनायो ।

 

नेपाली कांग्रेसका  तर्फबाट मिडिया काउन्सिलमा नियुक्त हुने ब्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएर बोर्डमा आफनो भाईलाई नियुक्ति गरेको स्रोतको दावी छ । नेकपा एमालेको जनसंगठनको रुपमा सांस्कृति क्षेत्रमा क्रियाशिल संगठन छ । लेखीको नियुक्तिमा जनसास्कृतिक महासंघ मधेश प्रदेशसंग कुनै छलफल परामर्श नभएको एक पदाधिकारीले जनाए ।

 

 यो नियुक्तिको बिषयमा पार्टीमा पनि कुनै छलफल नभएको पार्टीको मधेश प्रदेशका एक पदाधिकारीको भनाई छ ।
मिडिया काउन्सिलमा १३ जनाको आवेदन परेको थियो । पूर्ववर्ती लालबाबु राउत सरकारले आवेदकहरुको नाम समेत सार्वजनीक गरेको थियो तर मन्त्री लेखीले आवेकहरुको परिचय सार्वजनीक गरेनन  ।

 

 अन्यन्तै झूठ र गलत रिपोर्टिङ गरेर लेखीले नियुक्तिहरु गरेको बिषयमा  पार्टीमा गम्भिरता पूर्वक छलफल भएपनि  लेखीले आफूने कार्यशैलीमा सुधार नल्याएको एक नेताको टिप्प्णी छ । उ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

श्रीमती हत्या अभियोगमा जेल बसेका साहले खुकुरी प्रहार गरि बालिकाको हत्या गरे

जनकपुर । आ फ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका ब्यक्तिले फेरी अर्को हत्या गरेका छन ।

कार्य सम्पादन मूल्याकंनमा मधेश भरिमा गौतम मिश्र नेतृत्वको पर्सा प्रहरी सर्वोत्कृष्ट

जनकपुरधाम । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र मधेश प्रदेशमै कार्य सम्पाद मूल्याकंनमा सर्वोत्कृष्ट हुन सफल भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.