logo

प्रदेशका बनमंत्री रायको कलैयामा पुत्ला दहन ,बिकास बिरोधी नबन्न चेतावनी

      9/3/2019 गते 00 00 मा प्रकाशित     1363   पटक पढिएको

कलैया १७ भदौ ।
बाराको कलैयामा  प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको राजिनामा माग गर्दै प्रर्दशन गरिएको छ  ।


बाराकोे निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा कलैयाको भरतचोकमा आन्दोलनकारीले मंत्री रायको पुत्ला समेत दहन गरेका छन ।  

मन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठन विद्यार्थी र युवाले मन्त्रीको पुत्ला दहन गरेका हुन ।


विरोध कार्यक्रमलाई सम्बोधन गर्र्दै नेकपा बाराका सदस्य तथा युवा नेता मुकेश साहले जसरी पनि बारामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुनै पर्ने बताए ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको बारा अन्तर्राष्ट्रिय बिमानस्थल बन्न नदिने मन्त्री रायको अभिव्यक्तिले प्रदेश २ सरकार बिकास बिरोधी रहेको प्रष्ट भएको उनले बताए ।


कोण सभामा नेकपा प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी, जिल्ला सदस्य मुकेश साह, ध्रुव यादव, रमेश साह, आदिद हुसेन, कौसल सिंह रामबिनेश यादव, विद्यार्थी नेता राजेश गुप्ता, ईमरान आलम लगायतले सम्बोधन गरेका थिए ।


उनीहरुले प्रदेश सरकार विरुद्ध नारा लगाएका थिए । नेताहरुले प्रदेश २ सरकार मुर्दाबाद, मन्त्री राय राजिनामा दे, बारा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गर, बिकास बिरोधी मन्त्री मुर्दावाद जस्ता नारा लगाएका थिए ।


मन्त्री रायले बारा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउँनका लागि रुख काटन नदिने र बारामा बन्न नदिने अभिव्यक्ति दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.