रुपन्देही–३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने
इसीमाना सम्वाददाता
२०८२ असार १६ गते ०७: ०९ मा प्रकाशित
299 पटक पढिएको
भैरहवा । रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभाको उपनिर्वाचन आगामी १७ गते हुने भएको छ । रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले त्यहा उपनिर्वाचन हुनेभएको छ । ०७९ मंसीरको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए ।
“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।
वीरगंज । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
तपाईको प्रतिक्रिया