logo

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

 इसीमाना सम्वाददाता     २०८२ असार १७ गते ०५: ५० मा प्रकाशित     481   पटक पढिएको

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

 


जनमत पार्टी सचिवालयका अनुसार कपिलवस्तु मायादेवी गाउँपालिका–१ निवासी पूर्वमन्त्री दान बहादुर चौधरी र सप्तरी महादेव गाउँपालिका निवासी वैज्ञानिक तथा नेता डा.जयकान्त राउतलाई उपाध्यक्षमा मनोनित गरिएको हो । 


नेता चौधरी २०३९ सालदेखि राजनीतिक सक्रियता जनाउँदै आएका छन् ।  उनले २०५६ सालमा नेकपा (एमाले) र २०६४ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट सांसदको रूपमा प्रतिनिधित्व गरेका थिए । 


चौधरी उद्योग, सामान्य प्रशासन महिला तथा बालबालिका मन्त्रालयका राज्यमन्त्री र समाज कल्याण मन्त्रीको रुपमा काम गरिसकेको जनाइएको छ । 


त्यस्तै, डा.जयकान्त राउत जनमत पार्टीको राष्ट्रिय परिषद्का संयोजक र संगठन विभाग प्रमुख हुन । उनी २०७( सालको संघीय निर्वाचनमा जनमत पार्टीको तर्फबाट सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। उनी पार्टी अध्यक्ष डा.सी.के. राउतका ठुला दाजु हुन । 

 

पार्टीका अनुसार, दुवै नेताको लामो राजनीतिक अनुभव र पार्टीप्रतिको योगदानलाई मध्यनजर गर्दै उनीहरूलाई यो उच्च जिम्मेवारी प्रदान गरिएको हो।

 

यो मनोनयनसँगै जनमत पार्टीमा अब राष्ट्रिय उपाध्यक्षको संख्या ६ पुगेको छ। यसअघि अब्दुल खान ,बर्दिया, ई. बसन्त कुमार कुशवाहा रौतहट, ई. नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु र नरसिंह चौधरी कपिलवस्तु केन्द्रीय उपाध्यक्षको रूपमा कार्यरत छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.