इसीमाना सम्वाददाता
२०८२ असार १७ गते ०१: ५२ मा प्रकाशित
323 पटक पढिएको
मकवानपुर । कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरि झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७ सय १४ ग्रामसहित हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगर , धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम सहित पक्राउ गरेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।
वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।
वीरगंज । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
तपाईको प्रतिक्रिया