logo

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

 इसीमाना सम्बाददाता     २०८२ असार १५ गते ०४: ५० मा प्रकाशित     337   पटक पढिएको

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

 

असार १५ अर्थात धान दिवसको अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल किसान महासंघ मधेस प्रदेश र कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले संयुक्त रुपमा आयोजना गरेको धान दिवस कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन ।

 

 धान खेतीमा सिँचाइको समस्या प्रमुख चुनौतीका रूपमा रहेको स्वीकार गर्दै कृषि विकासका लागि विभिन्न योजनाहरू अघि सारिएको जानकारी दिए ।

उनले कृषिको उत्पादनले मुलुकलाई नै खुवाउने महत्वकांक्षी योजनाको बारेमा चर्चा गर्दै योजना त महत्वकांक्षी हुनु पर्नेमा जोड दिए । सपना त हेर्नु पर्यो नी उनले भने मन्त्रालयले सुबिचारित रुपमा योजना अगाडि सारेको बताए । यो हवादारी होइन अध्ययन र अनुसन्धानमा आधारित छ ।

मन्त्री क्षेत्रीले कृषि यान्त्रिकीकरणका लागि प्रक्रिया र सर्तका आधारमा सहकारीहरूलाई अनुदान दिने र सहकारीमार्फत प्रविधि हस्तान्तरण गर्ने कार्य भइरहेको स्पष्ट पारे ।  

 

उनले कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको औंल्याउँदै २०७४ सालदेखि अहिलेसम्म प्राविधिको प्रयोगमा अपेक्षित परिवर्तन नआएकोले यसमा सुधार आवश्यक रहेको बताए ।


 उनले कृषि ऐन आइसकेको र भूमिसम्बन्धी तथा सहकारी ऐन पनि ल्याउने तयारी भइरहेको जानकारी दिँदै बुद्धि र सचेतनाका साथ कृषि विकासमा लाग्न आह्वान गरे ।


कृषि, पर्यटन र जललाई विकासका तीन मुख्य आधारका रूपमा चित्रण गर्दै मन्त्री क्षेत्रीले कृषिमा आधारित लघु उद्यमहरूलाई प्राथमिकता दिने र कृषि मन्त्रालयले सहुलियत दिन तयार रहेको उल्लेख गरे ।

 

 सम्भाव्यता अध्ययनका आधारमा कृषि स्वयंसेविका तयार गरी घरघरमा कृषि सूचना फैलाउने योजना रहेको पनि उनले बताए । विशेषगरी, सहजनको खेतीलाई प्राथमिकतामा राखिएको र ८३ हजार सहजनका बिरुवा पालिकामा लगाउन टेन्डर आह्वान गरिएको जानकारी उनले दिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम नेपाल किसान महासंघका अध्यक्ष नन्तलाल साह लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.