logo

संकटको घडीमा काम गर्न नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : प्रदेशसभा सदस्य पेटल

      6/10/2020 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नै सरकारको राजिनामा माग्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीको संकटमा पनि प्रदेश सरकारले जनचाहाना अनुसार कामगर्न नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारको राजिनामा माग्नुभएको हो ।

तत्कालिन राजपाबाट पर्सा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पटेलले कोरोना महामारीमा विश्व मानव जगत नै प्रभावित पार्ने कोरोना भाइरस महामारीमा प्रदेश सरकारको भूमिका र मन्त्रीहरुको कार्यक्षमतामा नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

उहाँले नेपालमा पनि कोरोना भाईरस महामारी फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि संघ सरकारले लकडाउन बाहेक अन्य काम गर्न नसकेको तथा प्रदेशमा पनि पूँजीगत खर्चहरुलाई कोरोना महामारीमा लगाएर नियन्त्रण गर्न सरकार असफल भएको बताउनुभयो ।

विकास निर्माणको ७५ प्रतिशत काम रोकिएर प्रदेश सरकारसँग पर्याप्त बजेट भएर पनि त्यसको सदुपयोग गरेर कोरोना भाईरस रोकथाम गर्न नसकेको उहाँको तर्क थियो । मधेस आन्दोलनबाट स्थापित आफ्नै सरकार भएर पनि मधेसी जनतालाई सेवा सुविधा दिन नसक्नु प्रदेश सरकारको कमजोर क्षमता र लापरवाही रहेको बताउनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.