logo

साहित्यकार दाहालको कृति डोहोडोहो डोल्पो बारे परिचर्चा ,परिर्वतन प्रिय प्रगतीबादी धारको सृजना भएको वक्ताहरुको भनाई

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते १५: ०६ मा प्रकाशित     703   पटक पढिएको

लेखक रञ्जु दाहालको दोस्रो कृति यात्रा निबन्धात्मक “डोहोडोहो डोल्पो”को परिचर्चा कार्यक्रम बुधवार वीरगंजमा सम्पन्न भएको छ । नारायणी बाङमय प्रतिष्ठान वीरगंजको आयोजनामा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष डा. बिश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुराम बहुमुखी क्याम्पसका प्रध्यापक ईन्द्र भट्टराईलेडोहोडोहो डोल्पो पुस्तक नियात्रात्मक कृति भएको बताए ।

ooo-1712131610.jpg

उनले नीजि यात्रानै नियात्रा भएको बताउदै त्यसमा घटना दुर्घटना दृश्य एवं प्रकृति हुने र त्यसलाई लेखकले स्वीकार गरेको बताए ।कृतिमा लेखक कर्णालीको भ्रमणमा हुदा भौगोलीक कठिनाई , यात्राका कठिनाई आदि इत्यादि लिएर पुस्तक तयार भएको देखिन्छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक तहमा दाहाल अध्ययनरत रहदा भट्टराई उनका अध्यापक थिए । अनि त भट्टराईले भने “आफनो बिद्यार्थीले पुस्तक लेख्दा एउटा गुरु खुशी हुनु स्वभाविक हो म आज निकै खुशी छु” ।

May be an image of 8 people, dais and text

उनले  दाहालको नियात्रा कृति अत्यन्तै इमान्दारीताको जगमा लेखिएको बताए । उनले भने इमान्दारीतको अभावमा नियात्रा नियात्रा रहदैन डोहोडोहो डोल्पो इमान्दारीताको अनुपम सृजना हो ।
कृतिको अध्ययन गर्दा लेखक स्वच्छन्दवादी लेखक हुन भन्न कर लाग्छ । प्रकृति नै प्रकृतिसंगको सानिध्यमा कलम बगेको भट्टराइले बताए । 


उनले कृतिमा प्रकृतिको चित्रण जुन रुपमा भएको छ प्रकृति रिसाएको बेलामा मान्छेका भावना पनि त्यस्तै भएको प्रस्तुती निकै ममोहक रहेको बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेलेलेखकमा परिर्वतनको पक्षमा सशक्त रुपमा उभिने र बिषयलाई सकारात्मक रुपमा लिने बिशेषता रहेको बताए ।
लेखकमा सृजनशिलता र कल्पनशिलता निकै मजबुतीका साथ प्रस्तुत गर्न कलात्मक खुबी छ जसको संयोजन डाहोडोहो डोल्पो भन्न मिल्ने बताए ।

rrr-1712131496.jpg
लामिछानेले,कर्णाली प्रदेशको भौगोलीक संरचना जनजीवन बिकासको अवस्था त्यसबाट त्यहाका नागरिकले पाएको प्रतिफलका बिषयमा पुस्तकमा उल्लेख रहेको बताए ।
उनले पुस्तकमा त्यस क्षेत्रका नागरिकको सादगी इमान निष्ठापूर्ण जीवनशैलीको बजोड प्रस्तुती रहेको चर्चा गरे ।

 

डोहोडोहो डोल्पो (त्यहाको तमाङ भाषामा गोरेटो बाटो हो ) गोरेटो बाटो हुदै शे फोकसुण्डोको यात्रा क्रममा सृजना गरिएको कृति डोहोडोहो डोल्पो प्रकृति प्रेम ,पुरातन बिचारप्रति कडा प्रहार समग्रमा प्रगतीबादी धाराको सृजना हो भन्न मिल्ने छ ।

 

आफनो लेखनी मार्फत लेखकले पुराना मूल्य र मान्यता ध्वस्त पारेर परिर्वतनको पक्षमा उभिन सशक्त अपिल गरेकी छिन ।

कार्यक्रममा लेखक रन्जु दाहालले आफूले बिदेश घुमे पनि नियात्रा ल्याउन नसकेको बताइन । उनले भनिन “मलाई किन किन बिदेशी भूमीले तान्न सकेन मेरो देश नेपाल जस्तो बिदेश छैन” । उनले ११ दिन लगाएर डोल्पाको यात्रा गरिन । यो यात्रा काठमाण्डौ बाट शुरु भएको थियो । दाङ, रुकुम, सल्यान र डोल्पाको यात्रा क्रममा प्रशस्त चर्चा गरिएको छ ।

 

घटना दुर्घटना जनजीवन यात्राका क्रममा भेटिएका पात्रहरुसंगको सम्वाद शे फोक्सुण्डो तालको नामाकरणको प्रसंग दुनैको त्रिपुरासुन्दरी देवीको मन्दीरको स्थापनाको किबंदन्तीको पुस्तकमा बर्णन छ ।
श्रीमानले यात्रा रोक्न गरेको आग्रह नमानी यात्रामा निस्किएकी लेखकलाई आफनै श्रीमानको मावोइलबाट फोन नआएको र आफूले गर्दा पनि नउठेको प्रसंगले बेला बेला ध्यान परिवार तिर तानेको पाइन्छ । तथापी मन मुटु दरो पारेर यात्रा जारी छ । यो कृतिमा यो प्रसंगलाई इमान्दारीता पूर्वक उल्लेख गरिएको छ ।

 May be an image of 6 people, newsroom, dais and text

उनले यो प्रसंगलाई आफनो परिवारको बिषय भन्दा पनि आम प्रवृतिको रुपमा देखाउन खोजेकी छिन र त भनिन “ मोवाईल नबजेको कुरा मैले इमान्दारीता पूर्व उल्लेख गरेको छु । यो परिवारको कुरा भन्दा पनि एउटा महिलाले केही काम गर्नु पर्दा आउने अप्ठयारोको अवस्थाको बारेमा देखाउनु खोजेको मात्र हो ।

उनले आफू प्रतिको मायाका कारण यात्रा रोक्न खोज्नु भएको थियो होला तर यात्रा आफनो रोकिएन अव नरोकिने समेत बताइन । उनले नारीको यात्राकालागि नेपालको हिमाल सुरक्षीत भएको बताइन । केही समय अघि मात्र सगरमाथा बेसक्याम्पको सोलो यात्रा गरेर फर्किएकी उनले भनिन“ हाम्रो हिमालमा बिदेशी नारी एक्लै आएर भ्रमण गर्छन तर हाम्रो समाजमा संस्कृति मूल्य मान्यता र परम्पराको नाममा नियन्त्रण र निषेध गर्न खोज्ने प्रवृति हावी नै छ ”।


बच्चाहरु आफनो खुट्टमा टेक्ने भएपछि आफ्नो साहित्यिक यात्राले निरन्तरता पाएको जानकारी दिदै दाहालले पहिलो नियात्रा लेख्ने नारि लेखिका हुने अवसर गुमेको बताइन । अव उनी पछाडि फर्केर हेर्ने पक्षमा छैनन । उनी अन्य कृति सहित आउने बाचा गर्छिन ।

 May be an image of 11 people, speaker and text

लेखिका दाहाल बीरगंजकै बुहारी हुन । उनले स्नातक सम्मको शिक्षा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसबाट पुरा गरेकी हुन । त्यसैले उनले भनीन नेपाली भाषा साहित्यको बिकासको लागि बीरगंजले चाहेमा वीरगंजमै आएर पनि पसिना बगाउन तयार छु ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायतकाले पुस्तक बारे परिचर्चा गरेका थिए ।
माईटिभि प्रागंणमा सम्पन्न कार्यक्रमको सहजिकरण गिता भण्डारीले गरेकि थिईन भने स्वागत नारायणी वाङमयका सचिव भाषण महेशचन्द्र गौतमले गरेका थिए ।


कार्यक्रममा साहित्यकार ध्रुव सिंह ठकुरी, बिनय गौतम,युवराज खड्का,बलराम दहाल, दिलिप कार्की,पत्रकार कबिता खड्का,अखलेश प्रसाद साह, अकलेश साह, एस.के चौरसिया,अजमत अली,शैलेश कुशवाहा,निरन्जन मिश्र, किरण सत्याल,कन्हैया गुप्ता,सुवास आले,हिरा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

 

पुस्तकमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको १५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २९० रुपैयाँ राखिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.