logo

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २ गते ०८: ०० मा प्रकाशित     152   पटक पढिएको

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

 

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बम , सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट आएका वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त प्रसाद यादव, धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान, नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट तथा सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिहरु सहित करिब ६०–६५ जनाको सहभागिता रहेको थियो।

 

कार्यक्रम अन्तर्गत सीमा सुरक्षामा सहकार्य, समन्वय र सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको सशस्त्रका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए ।

 

 सीमावर्ती बस्तीमा आवश्यक विकास कार्यक्रम सञ्चालन, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सुरक्षासम्बन्धी जानकारी आदान–प्रदानमा स्थानीय समुदायको सक्रिय भूमिका महत्वपूर्ण हुने विषयमा समेत सरोकारवालाबीच कुराकानी भएको थियो।

 

सो अवसरमा धोबिनी गाउँपालिका–२ का ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहन गरिएको गणले जानकारी दिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.