वीरगंज । जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।
पर्सा जिल्लााको वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन्। उनी पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी हुन्।
महरा २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
प्रहरीको टोलीले उनलाई २०८२ साल कार्तिक २३ गते साँझ ४ बजे वीरगंजमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कारागार कार्यालय वीरगंजमा पठाएको जनाएको छ।
तपाईको प्रतिक्रिया