logo

निषेधाज्ञा नमान्नेलाई पाँच लाख रुपैया  सम्म जरिवाना हुने, मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवानाको ब्यवस्था

      5/22/2021 गते 00 00 मा प्रकाशित     619   पटक पढिएको

सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारि गरेको छ । कोरोना भाइरस नियन्त्रण , रोकथाम तथा उपचार कार्य एकत्रित र ब्यबस्थित रुपमा संचालन गर्ने लक्ष्य सहित सरकारले अध्यादेश ल्याएको जनाएको छ  ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हालको कानुनले कोरोना संक्रमण तथा रोकथाम गर्न कठिन भएकोले थप कानुन निर्माणको लागि कानुनी मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको थियो ।

 

अहिलेको संक्रमण बिरुद्द लड्न थप केहि कानुनि संरचना आवश्यक भएकोले र संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएपछि सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशमा कोरोना नियन्त्रण तथा रोकथामको लागि जारि गरिएका आदेश नमान्नेलाई कडा जरिवानाको ब्यबस्था गरिएको छ । अध्यादेशको दफा १९,२०,२१ र २२ मा जरिवानाबारेको ब्यबस्था छ । जसमा अध्यादेशमा उल्लेख कुनै काम गर्न बाधा पुर्याउनेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी मापदण्ड पालना नगर्नेलाई ६ महिना कैद वा ३ लाख जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ  ।

अध्यादेश बमोजिमको आदेश उल्लघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले १ लाख जरिवाना र संस्थालाई ५ लाख जरिवाना गर्न सक्ने उल्लेख छ । मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवाना गरिने भएको छ । त्यस्तै नियन्त्रण गरिएको स्थानमा आवतजावत गरेमा हरेक पटक २ सय जरिवाना गरिने अध्यादेशले ब्यबस्था गरेको छ ।

 

सवारीसाधन निषेध गरिएको अवस्थामा अनुमति नलिई सवारी चलाएमा दुई पांग्रेलाई हरेक पटक २ हजार र अन्य सवारीलाई हरेक पटक ५ हजार जरिवाना हुने छ । सवारीसाधन नियन्त्रणमा लिन सकिने ब्यबस्था पनि अध्यादेशले गरेको छ । बिरामी बोकेकोलाई भने जरिवाना पर्ने छैन । अध्यादेश बमोजिम जारि भएको आदेश उल्लघन गर्ने संस्थालाई ६ महिना बन्द गर्न सक्ने पनि अध्यादेशमा उल्लेख छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सिरहामा स्कुल बसको ठक्करबाट सात वर्षीय विद्यार्थीको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

मानव बेचबिखन विरुद्ध उत्कृष्ट कार्य प्रर्दशन, पर्साका एसपी गौतम मिश्र सम्मानित

वीरगन्ज ।  महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.