logo

बिहान उदाउँदो सूर्यलाई अर्घ्य संगैै सम्पन्न भयो लोक आस्थाको पर्व छठ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ११ गते १२: २४ मा प्रकाशित     182   पटक पढिएको

वीरगन्ज । नेपालीहरूको महान् लोकआस्थाको पर्व छठ मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मधेश प्रदेशसहित देशभर भव्य रूपमा सम्पन्न भएको छ।

 

 शनिबार ‘नहाय–खाय’ बाट सुरु भएको यो चारदिने पर्व व्रतालुहरूले आज बिहान नजिकैका छठघाट, नदी तथा पोखरीहरूमा पुगेर सूर्यदेव र छठी मातालाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा समापन भएको हो।

मधेश प्रदेशमा छठको रौनक


मधेश प्रदेशभर छठ पर्वको विशेष उत्साह र रौनक देखियो। वीरगन्ज ,जनकपुरधाम, लगायतका प्रमुख शहरका प्रसिद्ध छठघाटहरूमा व्रतालु र भक्तजनहरूको उल्लेख्य भीड देखिएको थियो।

जनकपुर र वीरगंजमा जनसागर


वीरगंजस्थित घडीअर्वा पोखरी, मुर्ली पोखरी,स्वीमीङपुल, रानीद्दघाट स्थित सिरसिया नदी, छपकैयामा सिरसिया नदी , नगवा पोखरी , जनकपुरका धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, दशरथ तलाउ लगायतका पोखरीहरूमा छठ पर्व मनाउनेहरूको विशाल घुइँचो लागेको थियो।

 

 बेहुलीझैँ सिँगारिएका ती घाटहरूमा व्रतालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलवार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरे।


घडीअर्वा  छठ समितिका अनुसार यस वर्ष घडीअर्वा पोखरीमा लगायतका वीरगंजमा अन्यछठघाटमा हजारौँ व्रतालु सहभागी भएका थिए, जसले पूरै मध्यतराईलाई भक्तिमय र उज्यालो वातावरणमा रुपान्तरण गरेको थियो।

 

पर्सा जिल्लाको वीरगन्जस्थित घडिअर्वा पोखरी यस वर्ष पनि छठ पर्वको मुख्य आकर्षण बन्यो । स्थानीय बासिन्दाको सक्रियतामा पोखरीलाई झिलीमिली बत्ती, आकर्षक पण्डाल र रंगीन सजावटले सुन्दर रूपमा सिँगारिएको थियो।


व्यवस्थापन समितिका अनुसार घडिअर्वा पोखरीमा मात्रै हजारौँको संख्यामा व्रतालुहरूले अर्घ्य अर्पण गरेका थिए। नेपालका विभिन्न स्थानका साथै छिमेकी भारतबाट समेत भक्तजनहरूको उल्लेख्य आगमनले यहाँको छठ पर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ।

पर्वको समापन र धार्मिक भावना


व्रतालुहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको कठोर व्रत विधि पूरा गरेका छन्। सन्तानको सुख–समृद्धि, परिवारको कल्याण, निरोगिता र मनोकामना पूर्तिको कामना गर्दै यो पर्व मनाइन्छ। व्रत सम्पन्न भएपछि व्रतालुहरूले पारण गरी प्रसाद वितरण गरेका छन्।\

छठ पर्वले तराई–मधेशको सांस्कृतिक एकता, शुद्धता र प्रकृतिप्रतिको आस्था झल्काउने परम्परालाई निरन्तरता दिएको छ। यस वर्ष पनि पर्व सफलतापूर्वक सम्पन्न भएसँगै सम्पूर्ण मधेशवासीहरूमा खुसीयाली र उत्सवमय माहोल छाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.